About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
इटहरीमा ५० शय्याको सुविधा सम्पन्न सैनिक अस्पताल सञ्चालनमा

खोज केन्द्र शुक्रबार, फाल्गुण १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

फागुन १६, इटहरी । सुनसरी जिल्लाको इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शय्याको सुविधा सम्पन्न सैनिक अस्पताल सञ्चालनमा आएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रवार एक समारोहबीच अस्पतालको उद्घाटन गर्दै नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौं जानुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताए ।

प्रधानसेनापति थापाले अस्पताल सञ्चालनमा आएपछि प्रदेश एक तथा आसपासमा बसोवास गर्ने सेनाका आफन्त तथा उनीहरुका आश्रितले सामान्य रोगको उपचार गराउन काठमाडौं जानु नपर्ने बताए । यहाँ उपचार हुन नसक्ने बिरामीको लागि विराट अस्पतालसँग सम्झौता भएकाले तुरुन्तै यहाँबाट रेफर गरेर पठाइने समेत उनले बताए ।

प्रधानसेनापति थापाले अहिले यस अस्पतालमा बहालवाला सेना तथा उनका आश्रितको मात्र उपचार हुने भए पनि पछि यहाँका जनप्रतिनिधि तथा उद्योगी व्यापारीको अनुरोधमा सर्वसाधारण नागरिकको पनि उपचार गराइने बताए । हाल यस अस्पतालबाट छातीरोग, बालरोग, स्त्रीरोग, दन्त चिकित्सा, हाडजोर्नी तथा मेडिकल सेवा उपलब्ध हुने बताइएको छ ।

विसं २०७४ कात्तिक १ मा निर्माण शुरु गरिएको उक्त अस्पताल विसं २०७५ मंसिर १ मा सम्पन्न भएको हो ।

सम्बन्धित

ताजा अपडेट
सिरहामा प्रेसर कुकर बम भेटिएपछि पूर्वपश्चिम राजमार्गमा बन्द
सिरहाको प्रहरी प्रमुख फेरिए
धनुषाको खजुरी नाकाबाट तस्करी बृद्वि, १३ लाखको अवैध भन्सार चोरी निकासीका समानहरू बरामद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]