About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
जनकपुर-जयनगर रेल सञ्चालनका लागि थप २२६ कर्मचारी भर्ना हुँदै

खोज केन्द्र शुक्रबार, फाल्गुण १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष प्राविधिकसहित २२६ कर्मचारी थप गर्ने भएको छ ।

रेल्वे कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून रहेकाले थप गर्न लागिएको रेल विभागले जनाएको छ । मन्त्रिपरिषद्बाट गत महिना नै कर्मचारीका लागि स्वीकृति दिइसकेको महानिर्देशक बलराम मिश्रले बताए ।

सञ्चालक समितिले पास गरेपछि विज्ञापनमार्फत कर्मचारी पूर्ति गर्ने तयारी छ । एक जना प्रमुखसहित रेल सञ्चालन र मर्मतलगायतका कामका लागि इञ्जिनीयरिङ क्षेत्रका जनशक्ति आवश्यक छ । त्यससँगै प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएको विभागले जनाएको छ ।

उनले भने, ‘कम्पनीमा अहिले महानिर्देशक नभएकाले हामीले नै पदपूर्तिको प्रक्रिया अघि बढाएका छौँ ।’ रेल सञ्चालनका लागि रेलमार्ग निर्माण सम्पन्न भइसकेको छ भने रेल सेट निर्माण सकिएको विभागले जनाएको छ ।

भारतबाट हिँडेको रेल सेट झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ । सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद प्रक्रिया अघि बढाएको थियो । सो रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने उनले बताए ।

दुई सेट खरिद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने महानिर्देशक मिश्रले बताए ।

सरकारले अहिले दुई सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार २०० सम्म यात्रु बोक्ने रहेको छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ । यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको विभागले जनाएको छ । हाल जयनगरबाट कुर्थासम्मको रेलमार्ग निर्माण सकिएकामा आगामी दिनमा यसलाई विजुलपुरासम्म विस्तार गरिनेछ ।

सम्बन्धित

ताजा अपडेट
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण
कंगोको शान्ति मिसनमा गएका सैनिक जवान कुटिए, सुरु भयो कोर्ट अफ इन्क्वायरी
जनकपुरधाम: बलात्कृत किशोरीलाई उजुरी गरे मारिदिन्छु भनेर धम्कि दिने यादव पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]