धनुषाको धनौजी गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा कार्यरत वडा सचिव (खरिदार) सुशिल ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग २० हजार घुस/रिसवत लिदै गर्दा पक्राउ परेका छन ।
उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज खरिदार सुशिल ठाकुरलाई सेवाग्राहीसँग रु. २० हजार घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।