About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रदेश ५: सुलभ कर्जा तथा ब्याजमा अनुदान कार्यक्रम सुरु

खोज केन्द्र शुक्रबार, फाल्गुण १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश ५ सरकार कृषि, भूमि व्यवस्था र सहकारी मन्त्रालय तथा कृषि विकास बंैकबीच किसानलाई सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान प्रदान गर्ने कार्यक्रमका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बिहीवार बैंकको तर्फबाट प्रदेश कार्यालय, भैरहवाका प्रमुख चन्द्रसिंह थापा र मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै किसान तथा कृषिमा आधारित व्यवसाय गर्ने व्यवसायीलाई बैंकबाट प्राप्त गर्ने कर्जा र कर्जामा लाग्ने ब्याजलाई सहज बनाउन तथा ब्याजमा सरकारले घोषणा गरेको अनुदान कार्यान्वयन हुने विश्वास गरिएको छ । कृषि क्षेत्रको व्यावसायीकरण एवम् आधुनीकरण गर्न व्यावसायिक कृषकलाई सहुलियतपूर्ण ऋण तथा ब्याजमा अनुदान उपलब्ध गराई सहज वित्तीय पूँजी लगानी वृद्धि गर्ने उद्देश्यले बैंकसँग सम्झौता गरिएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयले प्रस्ताव गरेको कार्यविधि अनुसार प्रदेशभित्रका  वाणिज्य बैंकहरूले प्रक्रिया पूरा गरी कृषक, उद्यमी, फर्म, कम्पनी, कृषक समूह र सहकारीलाई राष्ट्र बैंकले तोकेको प्राथमिकता क्षेत्रमा कृषि कर्जा उपलब्ध गराउन सक्नेछन् । यसरी उपलब्ध गराएको कर्जामा नेपाल सरकारले उपलब्ध गराउने ब्याज अनुदान अतिरिक्त मन्त्रालयबाट थप ब्याज अनुदान दिइनेछ । तर, नेपाल सरकाले तोकेको क्षेत्रभन्दा बाहिर प्रदेश सरकारले तोकेको क्षेत्रमा ऋण लगानी गर्दा मन्त्रालयले तोकिएको सीमासम्म ब्याज अनुदान दिनेछ । मन्त्रालयले तयार पारेको सुलभ कर्जा सहजीकरण तथा ब्याज अनुदान कार्यक्रम सञ्चालन कार्यविधि बनाई कार्यान्वयन गरिने बताइएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले सम्झौता कार्यान्वयनमा अलमल नगरिने प्रतिबद्धता व्यक्त गरिन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]