About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
पूर्वमन्त्री साह (टक्ला) भ्रष्टाचारी ठहर, चार वर्ष जेल सजाय

खोज केन्द्र शुक्रबार, फाल्गुण १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । विशेष अदालतले पूर्व राज्यमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ लाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर गरेको छ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले साहलाई जेल सजाय र जरिबानाको फैसला सुनाएको हो। जनकपुर बम काण्डमा मुछिएका साह हाल जेलमै छन्।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले साहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष कैद, १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जरिवाना र सोही बराबरको बिगो जफत हुने फैसला भएको जानकारी दिए।

भ्रष्टाचारमा जेल र जरिवाना तोकिए पनि सम्पत्ति शुद्धीकरण मुद्दामा भने दोषी ठहर भई सजाय तोक्न बाँकी रहेको जानकारी पाण्डेले दिए। ‘सम्पत्ति शुद्धीकरण कसुरमा फागुन २९ मा सजाय किटान गर्न अर्को पेशी तय भएको छ,’ पाण्डेले भने। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]