About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
विकास निर्माणको काममा भ्रष्टाचार रोक्न प्रदेस २ मा अभियान चलाउन प्रमुख सचेतक अरगरियाको आग्रह

खोज केन्द्र बिहिबार, फाल्गुण १५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम, १५ फाल्गुन । धनुषाको विदेह नगरपालिकामा समाजवादी पार्टीले कार्यालय संचालनमा ल्याएको छ । विसु अभियान अन्तर्गत समाजवादी पार्टीले कार्यालयको स्थापना गरेको हो।

बिहिवार विदेह नगरपालिका वडा नं.७ लबटोली टोलमा नगर पार्टी कार्यालयको उद्घाटन विसु अभियानका धनुषा संयोजक तथा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाको प्रमुख अतिथिमा भएको छ।

नगर अध्यक्ष दिप्या देवी दासको अध्यक्षतामा भएको पार्टी कार्यालय उद्घाटनमा समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा विसु अभियानका जिल्ला संयोजक एवं निर्वाचन क्षेत्र नं.२ धनुषा सांसद उमाशंकर अरगरियाले बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उनले बताए तर उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्धिजीवीहरू आफ्नो पार्टीमा आउनु उपयुक्त हुने प्रमुख सचेतक अरगरियाको भनाइ थियो । संगठन चुस्त दुरुस्त बनाउनेमा जोड दिए ।

सांसद अरगरियाले जनताको काम इमानदारीताका साथ गरिदिन नगरका नेताहरुसंग आग्रह समेत गरे । उनले मधेसी जनताको हकअधिकारका लागी संविधान संशोधन गराउन संघर्ष समेत जारी रहेकाले पनि संगठन निर्माणमा बिशेष ध्यान दिन स्थानीय नेताहरु संग आग्रह गरे ।

सरकारले पटक पटक संविधान संशोधन गर्ने आश्वासन दिएर पनि संविधान संशोधन गर्न नसकेपछि संविधान संशोधनका लागि दवाब दिने उदेश्यका साथ पार्टीलाई नयाँ ढंगबाट अगाडी बढाउन समाजवादी पार्टीले देश भरि संगठन बिस्तार तथा सुदृढीकरण अभियान संचालन गरेको छ ।

समाजवादी पार्टी धनुषाले विदेह नगरपालिकाको लबटोलिमा बिहिवार आयोजना गरिएको नगर स्तरीय अभिमुखिकरण र पार्टीको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका प्रदेश सांसद शैलेन्द्र कुमार यादवले देशमा अब नयाँ ढंगबाट अगाडि बढन र पार्टीलाई बैकल्पिक शक्तिको रूपमा निर्माण गर्नको लागि संगठन बिस्तार तथा सुदृढीकरण अभियान संचालन गरेको बताएका छन ।

यस्तै सोही कार्यक्रममा लोकतान्त्रिक प्रतिस्पर्धात्मक दलीय व्यवस्थामा बैकल्पिक शक्ति निर्माणको लागि समाजवादी पार्टीलाई देशकै शक्तिशाली एवम् सबभन्दा ठुलो पार्टी बनाउने उदेश्यका साथ पार्टीले संगठन बिस्तार तथा सुदृढीकरण शुरु गरेको पार्टीका केन्द्रीय सदस्य एवं क्षेत्र नं.२ का विसु अभियानका अभियन्ता अरुण सिंह मण्डलले बताएका हुन् ।

समाजवादी पार्टीका धनुषा जिल्ला समन्वय समिति अध्यक्ष पशुपति यादवले समाजवादी पार्टीले लिएको लक्ष्य पूरा हुने वितिकै समाजवादीलाई देशकै सबै भन्दा ठुलो दल बन्न बाट कसैले रोक्न नसक्ने जिल्ला अध्यक्ष यादवले ठोकुवा गर्नु भयो । पार्टीले मधेशवादको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्मको मुद्दाको रूपमा लोकतान्त्रिक समाजवाद र समान्तवादको नयाँ एजेन्डा उठाएको बताउदै यादवले पार्टीले लिएको लक्ष्यलाई पूरा गर्न सम्पुर्ण समाजवादी पार्टी लाई समृद्ध र शक्तिशाली पार्टी बनाउने लक्ष्य उदेश्यको साथ अघि बढ्न लागेकोलागि गम्भीर भएर लाग्न आग्रह गरे ।

बैठकमा केन्द्रीय सदस्य अरुण सिंह ,बिशिस्ट अतिथि प्रदेश सांसद शैलेन्द्र कुमार यादव, पशुपति यादव ,दिनकर यादव , औरही नगर अध्यक्ष कमल देव मण्डल , प्रमोद अधिकारी ,ममता मण्डल ,शम्भु नाथ गोइत , नगर अध्यक्ष दिप्या देवी दास , लगायत विदेह नगरपालिका अन्तर्गत सबै वडा अध्यक्षलगायत पदाधिकारी एवं विभिन्न भातृ संगठनका अगुवा नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]