महोत्तरी । महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
नेपाली सेनाको हेलिकप्टरले उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको प्रहरीले जानकारी दिएको छ । मैनालीसहित घाइते सवैलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।
बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।
दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् ।