About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
शालिमार, रिलाइन्स सुपरटेक, एमजेप्पी सिमेन्ट र असोक स्टिल कारबाही

खोज केन्द्र बिहिबार, फाल्गुण १५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्डअनुसार नभएका तीन सिमेन्ट र एउटा स्टिल उद्योगलाई कारबाही गरेको छ ।

विभागले नेपाल शालिमार सिमेन्ट, रिलाइन्स सुपरटेक सिमेन्ट, एमजेप्पी सिमेन्ट र असोक स्टिल उद्योगलाई कारबाही गरेको हो । अनुगमन गर्न संकलित नमुनाको गुणस्तर परीक्षणमा मापदण्डअनुसार नपाइएकाले कारबाही गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

ती उद्योगलाई नेपाल ऐन २०३७ तथा नियमावली २०४० को नियम १६ अनुसारको कानुनी कारबाही विभागले जनाएको छ । महानिर्देशक पुडासैनीका अनुसार नेपाल शालिमार सिमेन्ट उद्योग र रिलाइस सुपरटेक सिमेन्ट उद्योगको मापदण्डअनुसार गुणस्तर नपाएपछि इजाजतपत्र स्थगन गरिएको छ ।
त्यस्तै, एमजेप्पी सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर नियमावली २०४० को नियम (१६)अनुसार स्पष्टीकरण सोधिएको छ भने अशोक स्टिलको संकलित नमुनाको परीक्षण गर्दा गुणस्तर नपाएपछि इजाजतपत्रसमेत रद्द गरिएको छ ।

विभागका निर्देशक किशु मानन्धरका अनुसार बारामा रहेको नेपाल शालिमार सिमेन्टको संकलित नमुनाको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्ज्थ १५ एमपीए र नेपाल गुणस्तर ३८५ अनु्रूप नभएपछि शालिमारको इजाजतपत्र रद्द गरिएको छ ।
बारामै रहेको रिलाइस सुपरटेक सिमेन्टको पनि नेपाल गुणस्तरअनुरूप नभएपछि इजाजतपत्र रद्द गरिएको छ ।

कपिलवस्तुमा रहेको एमजेप्पी सिमेन्टलाई भने नेपाल गुणस्तर ३८५ अनुरुप नपाइएकाले विभागले स्पष्टीकरण सोधिएको जनाएको छ ।

संकलित नमुनाको इलोगेसन र बेन्ड टेस्ट नेपाल गुणस्तर १९१ अनुरूप नभएकाले बाराको अशोक स्टिलको पनि इजाजतपत्र रद्द गरिदिएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]