जनकपुर, १४ फागुन । प्रदेस २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलद्वारा बढनिहार/पर्सागढि युवा स्पोर्ट्स क्लब द्वारा आयोजित प्रथम पर्सा गोल्द कप-२०७६कार्यक्रम उदघटन गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्बधार बिकास मन्त्री जितेन्द्र सोनल उदघाटन गर्दै खेलको माध्यमले मुलुकलाई देश बिदेशमा नामलाई चिनाउन ठूलो मद्दत हुने बताए ।
प्रदेश २को सरकारले खेलको प्रोत्साहन गर्न को लागि विभिन्न ठाँउमा स्टेडियम तथा रंग्शाला निर्माणलाई प्रथमिकताका साथ अगाडी बढाएको बताए ।
कार्यक्रममा बिशिस्ट अतिथि सांसद सिङ्हासन साह कलवार, अतिथि संघीय समाजबादी फोरम पर्साका जिल्ला अध्यक्ष रामनरेश यादव , जन प्रतिनिधि पत्रकार ,खेल्कुद प्रेमी हरुको सहभागिता रहेको थियो ।