About Contact
१३ फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
नेपाली सेनामा भर्नामा मधेशी युवतीहरु आकर्षित (तस्वीरहरु)

खोज केन्द्र बुधबार, फाल्गुण १४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाली सेनामा भर्नाका लागि बाराको जीतपुरस्थित ब्यारेकमा अहिले भीड लागेको छ । त्यो भीडमा अधिकांश मधेशीहरु समुदायका देखिन्छन् । मधेशी समुदायका युवाहरु पहिला प्राविधिकतर्फ मात्रै सेनामा देखिन्थे, अहिले जवानतर्फ पनि आकर्षित हुन थालेको त्यो भीडले पुष्टि गरेको छ ।

भर्नाका प्राप्त हुने निवेदनमध्ये ७० प्रतिशत मधेशी समुदायका युवायुवती रहेको श्री नम्बर २८ बाहिनी गण जीतपुरका गणपति अनुपजंग थापाले बताए । सो गणको द्वारमा निवेदन केही दिनदेखि लिने गरिएको थियो ।

हामी पनि देशको सेवा सैनिकका रुपमा गर्न चाहन्छु, रौतहटको पिररिया बौधीमाई नगरपालिका– ६ का सन्तोषकुमार यादवले बताए । उनले सेनामा छनौटका लागि केही महिनादेखि तयारी पनि गरिरहेका छन् । शरीर स्वस्थ्या भएका र एथलेटिकलाई प्राथमिकता दिइने गरिएको आफूलाई थाहा भएकाले विहान घण्टौं तयारी गर्ने गरेको उनले बताए ।

गरौडा नगरपालिकाका रामअधार कुमार दास निकै उत्साहित भएर निवेदन दिएको बताए । आर्थिक स्थिति कमजोर भएकाले सेनामा काम गरेपछि आर्थिक अवस्थामा सुधार हुने आफूलाई विश्वास रहेको उनले बताए ।

युवाहरु मात्रै नभइ सयौं मधेशी समुदायका महिलाले पनि सेनामा जागिरका लागि निवेदन दिएका छन् । कलैया नगरपालिका २४ बनरवाकी सरिता कुमारीले देशको सेवा गर्नका लागि आफू सेना बबन्न निवेदन दिएको बताइन । सेनामा काम गर्नेलाई निकै सम्मानका साथ हेरिने गरेको कुरो सिनेमाबाट प्रभावित भएर निवेदन दिन आएको उनले राजधानीलाई बताइन । कतिले विद्यालय समयदेखि नै सेना बन्ने आकांक्षा बोकेको बताएका थिए ।

केही दिन अघि सोही गणमा भएको सैनिक छनौट प्रतियोगितामा १३ महिला र १ सय ६६ पुरुष गरी १ सय ७९ जना छनौट भएका थिए । छनौट भएकाको श्री नम्बर २८ बाहिनी गणमा तालिम चलिरहेको छ । छनौट प्रतियोगितामा गाउँमा दौड गराउनेका साथै सेनाद्वारा सञ्चालित विद्यालय विद्यालय कार्यक्रमका कारण पनि मधेशी युवाहरु सेनाको जागिरतर्फ आकर्षित हुन थालेको श्री नम्बर २८ बाहिनी गणका गणपति थापाले बताए ।

सम्बन्धित

ताजा अपडेट
सशस्त्रका इन्सपेक्टर ५० हजार घुससहित पक्राउ
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने रणनीति
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिँदैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]