About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
प्रदेस २:संसदीय क्षेत्र विकास कोषको अधिकांश बजेट मठ–मन्दिरमा

खोज केन्द्र मंगलबार, फाल्गुण १३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

राजविराज । संसदीय क्षेत्र विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा सप्तरीको क्षेत्र नं ३ र ४ को अधिकांश बजेट मठ–मन्दिर र धर्मशाला निर्माणका लागि छुट्ट्याइएको छ । सांसदहरूको अध्यक्षतामा सम्पन्न बैठकबाट छनोट गरिएका योजना अनुसार क्षेत्र नं ३ र ४ को अधिकांश बजेट विकास निर्माणभन्दा धार्मिक संरचनामा खर्च हुने देखिएको हो ।

क्षेत्र नं ३ का सांसद चन्द्रकान्त चौधरीले शम्भुनाथ नगरपालिकाको कठौना बजारमा धर्मशाला निर्माणका लागि ५० लाख, वडा नं ९ मलाह बस्तीमा कमलमाई मन्दिर, वडा नं ३ मा योग भवन र वडा नं १ धाँती फिल्डमा सलहेस मन्दिर बनाउन १०÷१० लाख र वडा नं १० भगवती मन्दिर तथा पोखरीमा छठीघाट निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरेका छन् । यसैगरी रूपनी गाउँपालिकाको वडा नं १ रामजानकी गुठी मन्दिर तथा पोखरीघाट निर्माणका लागि ५० लाख, वडा नं ६ मा शनिदेव मन्दिरको प्रवेशद्वार र माँ डाक्नेश्वरी मन्दिर तथा डिहवार मन्दिर बनाउन १० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसबाहेक सडक, कभर्ड हल, विद्यालय भवन, सामुदायिक भवन, सडक ग्राभेल, नदी नियन्त्रण र खानेपानीका ट्युबवेल लगायत योजनामा बजेट परेको छ ।

यस्तै निर्वाचन क्षेत्र नं ४ का सांसद तेजुलाल चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले कुल ६ करोड रुपैयाँको विभिन्न योजना छनोट गरेको छ, जसअन्तर्गत वलान विहुल गाउँपालिका–२ मा अधुरो हनुमान मन्दिर सम्पन्न गर्न र नयाँ हनुमान मन्दिर बनाउन ५÷५ लाख रुपैयाँ विनियोजन गरिएको छ । वडा नं ७ मा साह धर्मशाला निर्माणका लागि १५ लाख र रञ्जितपुरमा शसिया महाराज मन्दिर बनाउन २ लाख रुपैयाँ छुट्ट्याइएको छ । साथै वडा नं १ सिस्वामा ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय स्थलको संरक्षण र जानकी मन्दिर जीर्णोद्धार तथा निर्माणका लागि २० लाख छुट्ट्याइएको छ । यसपछि विद्युतीकरण, सामुदायिक भवन, सभागृह, प्रसूति गृह, सर्पदंश उपचार केन्द्र, कभर्ड हल, ढल तथा नाला व्यवस्थापन, सिँचाइका लागि बोरिङ, स्वास्थ्य चौकी भवन निर्माण, सडक ग्राभेल र खानेपानी तथा सरसफाइ कार्यक्रममा बजेट विनियोजन भएको देखिन्छ ।

निर्वाचन क्षेत्र नं २ का सांसद उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न बैठकले एउटै योजनामा कुल ६ करोड रुपैयाँ विनियोजन गरेको छ । बैठकले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा स्नातक तहमा इन्जिनीयरिङ विषयको पठनपाठनका लागि भवन बनाउन सम्पूर्ण रकम खर्चिने निर्णय गरेको छ ।

यसैगरी निर्वाचन क्षेत्र नम्वर १ का सांसद डा. सूर्यनारायण यादवको अध्यक्षतामा सम्पन्न बैठकबाट पनि बजेट बाँडफाँट भएको छ । सांसद यादवले कञ्चनरूप नगरपालिका अन्तर्गत कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका हात्ती लगायत वन्यजन्तुबाट हुने क्षति रोक्न पर्खाल निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]