About Contact
१४ आश्विन २०७७, बुधबार
Close
बिज्ञापन
हिंसात्मक बन्दै दिल्ली आन्दोलन, ७ जनाको मृत्यु

खोज केन्द्र मंगलबार, फाल्गुण १३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

भारतको उत्तरपूर्वी दिल्ली मंगलबार पनि तनावग्रस्त बनेको छ । महिनौंदेखि जारी नागिरकता कानून संसोधन विधेयकको विरोध आइतबारबाट हिंसात्मक बन्दै गइरहेको छ ।

मंगलबार बिहानसम्म दिल्लीमा एक जना प्रहरी अधिकृतसहित ७ जनाको ज्यान गएको छ भने करिब १०० भन्दा बढी घाइते भएका छन् । त्यसमध्ये ४८ जनाको अवस्था गम्भिर भएको भन्दै अस्पतालमा भर्ना गरिएको छ ।

प्रदर्शनमा प्रहरी विवादास्पद नागरिकता कानून संसोधन विधेयक  विरोधी र बिजेपी समर्थकहरू बीचमा पटकपटक झडप भएको छ । ढुंगामुढा र केही प्रदर्शनकारीले सोमबार दिउसै हातमा रिभल्वर बोकेर अन्धाधुन्ध फायर गरेका दृश्य सञ्चार माध्यमहरूले प्रशारण गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको भ्रमणमा रहेकै बेला भड्किएको हिंसात्मक आन्दोलनलाई कसरी मत्थर बनाउने भन्ने विषयमा छलफल गर्न केन्द्र सरकारका गृहमन्त्री अमित शाह दिल्लीका मुख्यमन्त्री अरविन्द केज्रीवाललाई भेट्ने कार्यक्रम रहेको छ ।

सोमाबर भारत आइपुगेका ट्रम्प मंगलबार साँझसम्ममा अमेरिका फर्किने कार्यक्रम रहेको छ ।

भारत सरकारले ल्याएको विवादास्पद नागरिकता कानूनको विरोधमा महिनौंदेखि श्रृंखलावद्ध प्रदर्शन भइरहेका छन् । मुस्लिम, महिला र अल्पसंख्यक समुदायले यस कानुनको विरोध गर्दै आफूमाथि राज्यले नागरिकता खोस्ने प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: ‘रियल टाइम’ पीसीआर मेसिन खरिदमा करोडौं भ्रष्टाचार
सर्लाहीमा गैरकानूनी रुपमा सञ्चालन १६ क्रसर उद्योग बन्द
नेपाल रेल्वे: १२९ कर्मचारीको लागि ३२ हजार आवेदन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]