जनकपुरधाम : प्रदेश २ सरकारले किसानलाई कृषिजन्य उत्पादन गर्न अनुदान दिने योजना ल्याउन लागेको छ।
प्रदेश सरकारले किसानको बैंक खातामा सिधा रकम जम्मा गर्ने तयारी मा मुख्यमन्त्री लालबाबु राउतले गरिब तथा विपन्न किसानलाई लक्षित गरेर अनुदान दिने योजना ल्याउन लागेको हो
बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तरगत विमित छोरीको खातामा रकम जम्मा गरिरहेको जस्तै किसानको खातामा पनि सिधा रकम पठाइदिने योजना रहेको सुनाए। उनले किसानको खातामा सिधा अनुदान रकम पठाइदिने विशेष कार्यक्रमको चाँडै घोषणा गर्ने पनि बताएका छन्। उनले भने, ‘पाँ कट्ठामा खेती गर्ने किसान होस् वा १०/१५ कट्ठामा खेती गर्ने। सबै किसानको खातामा सिधा रकम पठाउँछौं।’ किसानले बैंक मार्फत रकम पाउँदा कमिशनको खेल अन्त्य हुने उनको भनाइ छ।
संघीय सरकारले प्रदेशलाई मात्र २ प्रतिशत बजेट उपलब्ध गराइरहेको भन्दै थोरै भएपनि किसानलाई राहत मिलोस् भनेर अनुदान दिने उनले बताए। ‘संघीय सरकारले किसानको नाममा अनुदानको रकमले माफिया पाल्ने काम मात्र गरिरहेको छ’, मुख्यमन्त्री राउतले भने, ‘जुन किसानले खेती गरेर गुजारा गर्छन्। त्यसले कहिल्यै अनुदान पाएनन्। त्यसैले उनीहरुलाई अब प्रदेश सरकारले सिधा बैंकमा रकम पठाउँछन्।’
संघीय सरकारको कृषि मन्त्रालयमा करोडौं बजेट भएपनि खेती गर्ने किसानले सहुलियत (अनुदान) नपाउन गरेको मुख्यमन्त्री राउतले औल्याए। उनले संघीय सरकार जसले दलाली गर्छन उसैलाई कृषि अनुदान दिने गरेको गुनासो पोखे। उनले संघीय सरकारकै कारण किसानले खेती गर्न छाडेको र उत्पादन घटेको दाबी गरे।