जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित प्रहरी अधिकारीको घरमा चोरी भएको छ।
क्षिरेश्वोरनाथ नगरपालिका-७ दुर्गाटोलस्थित प्रहरी नायव निरीक्षक (सई) शम्भु पौडेलको घरमा शनिवार राति चोरी भएको हो।
घरमा कोही नभएको मौकाछोपी ताल्चा फोडेर चोरले डेढ तोला सुन र ३५ हजार रुपैयाँ लगायतको समान चोरी गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पप्पु नायकले जनाए।
घरबेटी प्रहरी नायब निरीक्षक (सई) शम्भु पौडेल अहिले खोटांगमा कार्यरत छन्। उनका परिवार माइत गएको बेला चोरी भएको प्रहरीले जनाएको छ।