About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
जापानी संस्थाले भन्यो – ‘द बर्थ अफ द बुद्ध’ लुम्बिनी भारत !

खोज केन्द्र मंगलबार, फाल्गुण १३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

लुम्बिनी इन्टरनेसनल रिसर्च इन्स्टिच्युट नामक जापानी संस्थाले ‘द बर्थ अफ द बुद्ध’ किताबमा लुम्बिनीलाई भारतको नक्सामा छापेको हो ।

लुम्बिनीबारे गलत प्रचार गरेको भेटिएपछि इन्स्टिच्युटका पदाधिकारीमाथि गृह मन्त्रालयले छानबिन थालेको छ । गृहले पर्यटन मन्त्रालयलाई पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले भ्रामक प्रचार गर्ने जापानी इन्स्टिच्युटमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताए । ‘हाम्रो स्वाधीनता र अखण्डतामै आँच आउने गरी केही सामग्री प्रकाशन गरेको कुरा आएपछि हामीले स्पष्टीकरण सोधेका छौँ,’ उनले भने, ‘जवाफ आएपछि कारबाही प्रक्रिया अघि बढ्छ ।’

इन्स्टिच्युटलाई लुम्बिनी विकास कोषले १० वर्षका लागि सरकारी जग्गा लिजमा दिएको थियो । लिज सम्झौता १ अप्रिल २०१५ मा भएको हो । इन्स्टिच्युटले सोही जग्गामा भवन बनाएर कार्यालय सञ्चालन गरेको छ । लुम्बिनी इन्टरनेसनल रिसर्च इन्स्टिच्युटलगायत संस्थाका पदाधिकारीहरू निःशुल्क भिसामा नेपालमा छन् ।

पर्यटन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नै उनीहरूलाई भिसा शुल्क छुट दिने विवादास्पद निर्णय गरेको हो । गत १७ कात्तिकमा मन्त्रालयले प्रस्ताव लगेकोमा २९ कात्तिकको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । निर्णयप्रति गृह मन्त्रालयले असहमति जनाएको छ । पर्यटन मन्त्रालयका सहसचिव आचार्य विगतदेखि नै लुम्बिनीमा रहेका संस्थाका कर्मचारीलाई भिसा छुट दिने निर्णय हुँदै आएको बताउँछन् । ‘विगतमा संख्या नतोकी भिसा शुल्क छुट दिने निर्णय हुने गरेको थियो, यसपटकदेखि हामीले अधिकतम १० जनालाई मात्र छुट दिने निर्णय गरेका छौँ,’ उनले भने ।

भिसा निःशुल्क गर्दा साढे पाँच करोड राजस्व गुम्यो 
लुम्बिनी विकास कोषसँग सम्झौता भएर लुम्बिनीमा रहेका ४१ वटा संस्थाका कर्मचारीलाई निःशुल्क भिसा दिने निर्णय सरकारले गरेको छ । एक संस्थाका बढीमा १० जनासम्मलाई विदेशीलाई निःशुल्क भिसा दिने निर्णय गरिएको छ । जसअनुसार करिब चार सय विदेशीले भिसा शुल्क तिर्नुपर्दैन । यसरी संस्थामा काम गर्ने विदेशी नेपालमा एक वर्ष बस्दा करिब एक लाख ४० हजार रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्ने हुन्छ । जसअनुसार संस्कृति मन्त्रालयको एउटा प्रस्तावले एक वर्षमा राज्यले करिब पाँच करोड ६० लाख रुपैयाँ राजस्व गुमाउँछ ।

अध्यागमन ऐन तथा नियमावलीमा सरकारसँग सम्झौता गर्दा नै भिसा शुल्क दिने सहमति भएकाबाहेकलाई यस्तो सुविधा दिन नमिल्ने उल्लेख छ । तर, ती संस्थाहरूको दबाबमा सरकारले अन्य संस्थामा कार्यरत विदेशीलाई समेत भिसा शुल्क छुट दिने निर्णय गर्दै आएको छ । यस्तो प्रवृत्तिप्रति गृह मन्त्रालयले असन्तुष्टि जनाएको छ ।

लुम्बिनीको सरकारी जग्गा विदेशीलाई ९९ वर्षसम्म लिजमा
लुम्बिनीमा विभिन्न ४१ वटा संस्थालाई जग्गा लिजमा दिइएको छ । त्यहाँ अनुसन्धान केन्द्रदेखि होटेलसम्म सञ्चालनमा छन् । तर, अनुगमन भने हुने गरेको छैन । लुम्बिनीमा धर्मादयासभा, कोरियन महाबोधि सोसाइटी अफ कोरियन बुद्धिस्ट, राङरिग येस, ख्यान युम सा टेम्पल, सोक्यो अर्गनाइजेसन, द वल्र्ड लिन सन बुद्धिस्ट कंग्रेगेसन, भियतनाम फाट क्यु तु, कर्मा काग्योदाचभेरबान्ड, का–निङ सेरदुप लिङ मोनास्ट्री, बुद्धिस्ट एसोसिएसन अफ चाइनालाई जग्गा लिजमा लिएका छन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]