About Contact
१२ आश्विन २०७७, सोमबार
Close
बिज्ञापन
सरकारलाई असफल बनाउन भ्रम छरियो : प्रधानमन्त्री ओली

खोज केन्द्र सोमबार, फाल्गुण १२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री तथा सत्तारूढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन  भ्रम छरिएको बताएका छन् । सोमबार पोखरामा नेकपाले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले असान्दर्भिक विषय उठाएर विपक्षीले जनतामा भ्रम छरेको बताए हुन् ।

उठाउनै नपर्ने विषयहरू उठाएर विपक्षीले सरकारलाई असफल बनाउने प्रयाश गरिरहेको उनको दाबी थियो ।

ओलीले संसदमा पेश गरिएका विधेयकबारे विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको आरोप लगाए । उनले कुखुराका चल्लाले चारो टिप्दा थाहै नपाइ अरू पनि एउटाकै पछि दुगुर्ने गरेको जस्तै संसदमा प्रस्तुत विधेयकका विषयमा पनि जानकारी नै नराखी विरोध हुने गरेको बताए ।

“संसदमा प्रस्तुत विधेयकका विषयमा संसदमै छलफल गरे हुन्छ नि । संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन लागि परेका छन्,” उनले भने ।

सरकारले पेश गरेका सूचना प्रविधि, मिडिया काउन्सिल, मानव अधिकारसम्बन्धी विधेयकबारे प्रतिपक्षी केही नबुझेको उनको भनाइ थियो ।

 

सम्बन्धित

ताजा अपडेट
धर्मेन्द्र यादव (गोपालको )१६ औं स्मृति दिवस सम्पन्न
प्याज माफिया: ३५ रुपैयाँमा खरिद गरी १ सयमा बिक्री गर्छन ब्यापारी
प्रदेस २: श्रीराम सुगर मिल्ससँग भुक्तानी माग गर्दै रौतहटका उखु किसान आन्दोलनमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]