About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
भिजिट नेपाल २०२० को नाममा संयोजक झाद्धारा ब्रह्मलुट

खोज केन्द्र सोमबार, फाल्गुण १२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम, १२ फागुन । नेपालमा जान्ने सुन्ने हुँ भन्नेदेखि सामान्य लेखपढ वा राजनीतिक आर्शिवाद थापेका व्यक्तिहरु समेत विभिन्न तरिकाबाट प्रदेश नम्बर २ मा आएर अनेक समाजिक संघ संस्था खोलेर पसल थाप्ने चलन नै चलेको छ ।

आजकल कलाकार देखि समाजसेवी एवं् विभिन्न क्षेत्रका नाम चलेका व्यक्तिहरुको समेत रोजाईको केन्द्र बनेको छ प्रदेश न्ं २ ।

नेपाल सरकारले संचालन गरेको नेपाल भ्रमण २०२० लाई लिएर मुलुक भर दैनिकजसो एउटा न एउटा कार्यक्रम भईरहेको हुन्छन् । हुन पनि नेपाल सरकारले लिएको पर्यटन क्षेत्रको विकासका लागि कार्यक्रम हुन सकारात्मक र समृद्धिको एक प्रमुख आधार हो । तर प्रदेश २ मा पछिल्लो समय एक सकाजिक संस्थाका नेतृत्व गर्ने व्यक्तिको सरकारी बजेट हत्याउने खेल विफल भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम भन्दै जनवरी १ का दिन प्रदेश २, जानकपुरको जानकी मन्दिरमा आयोजित कार्यक्रमको नाममा आर्थिक नियमावली विपरित प्रदेस सरकार संग रकम भुक्तानी मागिएको छ ।

कार्यक्रम संचालन गरेर नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमका प्रदेश २ संयोजक मनिष झाले कार्यक्रमको रकम भुक्तानीका लागि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेश २ मा रु.४ लाखको भुक्तानी मांगेपछि पर्यटनको नाममा ब्रह्मलुट बाहिर आएको श्रोतेले बताएको छ ।

सामाजिक संस्था खोलेर त्यसलाई आयआर्जनको माध्यम बनाउनेहरुको लावातस्कर अनुरुप नै भ्रमण वर्ष २०२० को संचालन अनुमति तथा कार्यादेश नै नलिई भुक्तानी गर्न प्रदेश २, मुख्यमन्त्री परिषद्को कार्यालयमा दबाब आएको श्रोतले बताए ।

आर्थिक कार्यविधि ऐन तथा नयिमावलीमा व्यवस्था भए बमोजिम कार्यक्रम संचालन गर्न पूर्व उक्त कार्यक्रमको विस्तृत लगत अनुमान स्विकृत गराउनुपर्ने हुन्छ । तर संयोजकम झाले उक्त प्रक्रिया पुरा नै नगरी रकम भुक्तानीका लागि मुख्यमन्त्री लालबाबु राउत तथा पर्यटन मन्त्री रामनरेश रायमाथि अनावश्यक दबाद दिदैं आएको श्रोतले जानकारी दिए ।

श्रोतका अनुसार कार्यक्रमको विलभरपाई पेश गर्दा के कसलले पेश गरेको हो ? केवल फोटो र विलहरुबाट प्रष्ट हुन नसकिएकाले कसको नाममा भुक्तानी गर्नेमा प्रष्ट नहुँदा रकम रोकिएको छ । कार्यक्रम सम्पन्न हुँदा कार्यक्रमको रिपोर्ट समेत पेश नगरी फोटे र विलको आधारमा ४ लाख भुक्तानी दिन नमिल्ने भन्ने संयोजक झालाई फिर्ता पठाएको छ । यता, यस सम्बन्धमा संयोजक झा संग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन् ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]