About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
प्रहरीभित्र लेखापालको भ्रष्टाचार छताछुल्ल:राजीनामा दिन आउँदा थुनामा

खोज केन्द्र सोमबार, फाल्गुण १२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौँ । लेखापाल दीपेन्द्र पनेरु प्रहरी सेवाबाट राजीनामा दिनका लागि प्रहरी मुख्यालय आए । राजीनामा स्वीकृति त परैजाओस् दर्ता हुनुपूर्व नै उनी एउटा भ्रष्टाचार काण्डमा छानविनमा परे र अहिले थुनामा छन् ।

उनको भ्रष्टाचार काण्ड प्रहरी मुख्यालयले त छानविन गरिरहेकै छ, अख्तियारले पनि गरिरहेको छ । पनेरुको भ्रष्टाचार काण्डमा अवकाशप्राप्त डिआइजी महेशविक्रम शाह पनि तानिने भएका छन् ।

सिन्धुलीस्थित बागमती प्रदेशको प्रहरी तालिम केन्द्रको लेखापाल हुँदा पनेरुले तालिमेहरूको झण्डै ३० लाख रूपैयाँ बराबरको रासन घोटाला गरेको भेटिएपछि उनी अहिले सोही काण्डमा अख्तियारको छानविनमा परेका हुन् ।

अख्तियारको हिरासतमा रहेका पनेरुको बयान लिने काम अनुसन्धान अधिकृतहरूले गरिरहेका छन् भने साहित्यकारका रूपमा ख्याति कमाएका महेशविक्रम शाह पनि रासन काण्डमा पर्ने भएका छन् । दुधौली प्रहरी तालिम केन्द्रबाट सुदूरपश्चिमाञ्चल सरुवा भएका सई पनेरुले २०७२ को पुसमा दोहोरो तलब निकालेर अनियमितता गरेको पुष्टि भएको थियो । केन्द्रमा रहेका करिब दुई सय तालिमे प्रहरीको तलब अनियमितता भएको अनुसन्धानका क्रममा भेटिएको थियो । छानविन सुरु भएपछि पनेरुले राजीनामा दिन मुख्यालय आएका थिए ।

चितवनको भरतपुरस्थित तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र ०७२ सालमा सिन्धुलीको दुधौलस्थित माओवादीको तत्कालीन क्याम्प रहेको ठाउँमा सारिएको थियो । त्यतिबेला दुधौली र भरतपुरस्थित दुवै कार्यालयबाट तालिमेहरूको तलब र रासनभत्ता निकालेर झण्डै ३० लाख रूपैयाँ लेखापाल पनेरुले भ्रष्टाचार गरेको भेटिएको हो ।

तालिम केन्द्रको समादेशकमा एसएसपी महेशविक्रम शाह थिए । प्रहरीमा नक्कली खर्च देखाएर अनियमितता गर्ने प्रवृत्ति व्यापकमात्रामा अहिले पनि बढिरहेको छ । सोही कारण लेखापालको सरुवामा ठूलो आर्थिक चलखेलसमेत हुने गर्दछ । हिसाब मिलाएर बजेटमा ठूलो अनियमितता हुने गरेको छ ।

कार्यालय सञ्चालन तथा अपराध अनुसन्धानका लागि आएको बजेटसमेत खर्च भएको देखाएर कार्यालय प्रमुख र लेखापाल मिली भ्रष्टाचार गर्ने गर्दछन् । त्यसो त पनेरु पहिलो लेखापालमा त्रै होइनन् यसअघि पनि धेरै लेखापालहरू यस्तै रासनकाण्डमा कारवाहीमा परेका छन् भने कोही निलम्बनमा परी भ्रष्टाचारको मुद्दा खेपिरहेका छन्

। यसरी अनियमितता गर्नेमध्येका अर्का एक लेखापाल हुन्– वीरेन्द्र चन्द । हुम्लाको लेखापाल हुँदा तलब र रासनवापत लेखापाल चन्दले ठूलो रकम अनियमितता गरेपछि यसअघि नै मुख्यालयले उनलाई कारवाही गरिसकेको थियो । तर, यस भ्रष्टाचार काण्डमा अख्तियारमा समेत उजुरी परेपछि अख्तियारले अहिले निज वीरेन्द्र चन्दलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

वीरेन्द्रकै बयानका आधारमा हुम्लाका तत्कालीन डिएसपी कृष्णबहादुर कुँवर र त्यसपछिका त्रिलोक चन्द पनि अहिले छानविनमा छानिएका छन् । यी दुवै पूर्वडिएसपीहरू अहिले अख्तियारको हिरासतमा छन् । कुँवर लामो समय भण्डारमा बसेर अकुत सम्पत्ति आर्जन गरेका प्रहरी अधिकृतका रूपमा चिनिन्छन् भने अवकाशपछि उनी होटल मल्लस्थित क्यासिनोमा कार्यरत थिए ।

लेखापाल वीरेन्द्र चन्दले अनियमितता गरेको कुरा अडिटरले पत्ता लगाएका थिए । त्यसपछि बाटो बन्दा परिणाम के हुन्छ भन्ने कुराको हेक्का नपाएका चन्दले अडिटरले दोष देखाएपछि केही रकम तत्कालै उनले आफैँले खातामा समेत जम्मा गराएका थिए । यस काण्डलाई प्रहरी मुख्यालयले पैसा फिर्ता आइसकेको भन्दै डिसमिस गर्न खोजेको थियो तर अख्तियारमा समेत उजुरी परेपछि आयोगले अहिले छानविन गरिरहेको छ, चन्दकै बयानका आधारमा पूर्वडिएसपी कृष्ण र त्रिलोक अख्तियारको खोरमा बस्न बाध्य छन् ।

लेखापाल चन्दले ०७०÷७१ मा उक्त रकम हिनामिना गरेका थिए । जिल्लामा कार्यरत नै नरहेका प्रहरीको नाममा कीर्ते हस्ताक्षर गरी तलब निकासा गरी अनियमितता गरेको अनुसन्धानका क्रममा भेटिएको थियो । अनियमिततामा संलग्न तत्कालीन लेखापाल सई चन्दलाई प्रहरीले सेवाबाट पहिले नै बर्खास्त गरिसकेको थियो । तत्कालीन समयमा प्रहरीलाई लेखापालले व्यक्तिगतरूपमा नै तलब बाँड्ने प्रचलन थियो । उपेन्द्रकान्त अर्यालको पालादेखि बैंकिङ प्रणाली सुरु भएको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय, काभ्रेमा नक्कली टिएडिएसमेत बनाएर लेखापाल र कार्यालय प्रमुखले घोटाला गरिएको भेटिएको बारेमा समेत अख्तियारले छानविन गरिरहेको लामो समय बिते पनि अझै मुद्दा बुझाएको छैन, न त तामेलीमा नै राखेको देखिन्छ । तत्कालीन एसपी पूजा सिंह र लेखापाल मिलेर उक्त अनियमितता गरेको भेटिएपछि तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्यालले लेखापाललाई तुरुन्तै हटाई कारवाही गरेका थिए । तर कार्यालय प्रमुखलाई उनले केही गरेनन् ।

पछि यो प्रकरण पनि अख्तियारसम्म पुग्यो र अख्तियारले छानविनका क्रममा हाल पोखरास्थित संघीय प्रहरी इकाई कार्यालयमा कार्यरत एसएसपी पूजा सिंह, तत्कालीन लेखापाल र सरुवा भई टिएडिए बुझ्ने झण्डै ७० जना तल्लो तहका प्रहरीहरूसमेतलाई बोलाएर अनुसन्धान गरेको थियो । तर अहिलेसम्म पनि न त अख्तियारले मुद्दा नै बुझाएको छ न त तामेलीमा नै राखेको देखिन्छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]