About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
माधव नेपाललाई गाली गरेपछि प्रभु साह कारवाहीमा

खोज केन्द्र सोमबार, फाल्गुण १२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता माधवकुमार नेपाललाई अख्तियारले मुद्दा लगाउनुपर्ने अभिव्यक्ति दिएका कारण नेकपाले प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहलाई कारवाही थालेको छ

फागुन १० गते बसेको नेकपा सचिवालय बैठकले माधव नेपालको मागपछि प्रभु साहलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा माधव नेपालमाथि अख्तियारले मुद्दा नलगाएको भन्दै साहले फेसबुकमार्फत आपत्ति जनाएका थिए ।

उनले बालुवाटार जग्गा प्रकरणमा धेरैजसो निर्णय माधव नेपालको क्याबिनेटले गरेकाले उनलाई उन्मुक्ति दिएको भन्दै अख्तियारको आलोचना गरेका थिए । प्रभु साहले सार्वजनिक रुपमा नेताहरुको बिरुद्ध बोलेको भन्दै पार्टीले स्पष्टिकरण मागेको हो । नेपाल र साह दुवै रौतहटका हुन । यी दुई नेताबीच पार्टी एकतादेखिनै राम्रो सम्बन्ध छैन । रौतहट जिल्ला कमिटी गठन गर्दा प्रभु साहले माधव नेपाल पक्षका नेताहरुलाई हटाएको आरोप लागेको छ ।

साह प्रचण्ड निकट नेता हुन् । तर उनलाई प्रचण्डले यसपटक जोगाउन चाहेनन् । केन्द्रमा माधव नेपालसँग प्रचण्डको गठबन्धन चलिरहेकाले प्रभु साहलाई कारवाही गर्न प्रचण्ड सहमत भएका हुन् । यसअघि माधव नेपालसँग झगडा परेपछि प्रभु साहले प्रदेश अध्यक्षबाट राजिनामा दिएका थिए । तर सचिवालय बैठकले उनको राजिनामा अश्वीकृत गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]