About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
सशस्त्रद्वारा तस्करीका सामान बरामद

खोज केन्द्र सोमबार, फाल्गुण १२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सशस्त्र प्रहरी बलले लाखौँबराबरको कपडा बरामद गरेको छ । भारतको रक्सौलबाट खरिद गरी अवैध तरिकाले नेपाल भित्र्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बलले लाखौँबराबरको कपडा बरामद गरेको हो ।

वीरगञ्ज भन्सार राजस्व गस्ती टोलीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इदगाह चौकबाट अवैध तरिकाले नेपाल भित्र्याइरहेको कपडा बरामद गर्न सफल भएको छ । वीरगञ्ज भन्सार राजस्व गस्ती टोलीका प्रमुख डिएसपी अमर खत्रीको निर्देशनमा परिचालन भएको मोबाइल टोलीले १ लाख २२ हजारबराबरको कपडा बरामद गरेको हो ।

भन्सार छली गरी नेपाल भित्र्याइरहेको सूचना पाउनासाथ परिचालन गरिएको टोली देख्नासाथ तस्करहरू फरार भएपनि अवैधरूपमा भित्रयाइएको कपडा बरामद गर्न सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए । बरामद गरिएको कपडा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक खत्रीले बताए ।

यसैगरी सिर्सिया नाकाबाट सशस्त्र प्रहरीले १९ लाखबराबरको कपडा, हार्डवेयरलगायत सरसामान पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट सिर्सियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले १९ लाखबराबरको मालसामान पक्राउ गरेको हो । सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलका अनुसार ६ महिनामा करिब १९ लाखबराबरको मालसामान पक्राउ गरी भन्सार दाखिला गरेको बताए ।

खुल्ला सीमाको फाइदा उठाउँदै नेपालबाट भारत र भारतबाट नेपाल अबैध तरिकाले आयात निर्यात गर्ने तस्करहरूलाई तह लगाउनको निम्ति बोर्डर आउट पोस्ट सिर्सियाबाट खटिएको टोलीले करीब १९ लाखबराबरको मालसामान पक्राउ गरी भन्सार दाखिला गरेको सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले जानकारी दिए ।

सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले आफ्नो संगठनको नीति अनुरूप प्रहरी परिचालन गरेको र ६ महिना नबित्दै करिब १९ लाखबराबरको अबैध मालसामान पक्राउ गरी भन्सार दाखिला गर्न सफल भएको बताए ।

उनले सशस्त्र प्रहरी बलको प्रमुख दायित्व सीमा सुरक्षा भएकोले सीमा, तस्करी र शान्ती सुरक्षालगायतमा निगरानी बढाइएको बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]