About Contact
१३ फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
प्रहरी बर्दीमै टिकटक, सई कारबाहीमा

खोज केन्द्र आइतबार, फाल्गुण ११, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । प्रहरीको बर्दीमा टिकटक भिडियो बनाएको आरोपमा नेपाल प्रहरीका एक जना अधिकारी कारबाहीमा परेका छन् ।
महानगरीय प्रहरी प्रभाग सुडाल, भक्तपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक (सई) रत्नबहादुर थापा कारबाहीमा परेका हुन् ।

प्रहरी आचरण विपरितको कार्य गरेको भन्दै उनलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले इञ्चार्जबाट तानेर अनुसन्धान थालेको छ ।
रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले थापाको ठाउँमा सई राजु प्रसाईंलाई पठाइसकिएको बताए ।

‘बर्दीको दुरुपयोग गर्दै टिकटकमा भिडियो बनाउने अन्यविरुद्ध पनि अनुसन्धान भइरहेको छ’, उनले भने, ‘प्रहरी नियमावलीमा भएको व्यवस्था बमोजिम उहाँहरुमाथि कारबाही हुन्छ ।’

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]