About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
१५ दिने मिथिला मध्यमा परिक्रमा सुरु, प्रचण्ड र महासेठ सहभागी, प्रदेस सरकार रुष्ट

खोज केन्द्र आइतबार, फाल्गुण ११, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

बेलाबेला मधेशसँग ‘लभ’ परेको बताउने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व भौतिक मन्त्री रघुबीर महासेठ  आइतबार नेपालको सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमामा भाग लिन धनुषाको ठेरा कचुरीे मठ पुगे।यद्द्पी प्रदेस २ सरकार रुष्ट देखिएको छ ।

परिक्रमाको आरम्भ गर्दै प्रचण्डले पुष्पवर्षा पनि गरे। आइतबार बिहानै मिथिला विहारी नगरपालिकाको कचुरी पुगेका उनले हेलिकप्टरबाट पुष्पवर्षा गरेका हुन्।

उनले परिक्रमा प्रारम्भ हुने स्थल (धनुषाको मिथिलाविहारी नगरपालिकाको कचुरीको मिथलाविहारीको मन्दिर नजिक) धर्मशाला बनाउने घोषणा गरे। मिथिला मध्यमा परिक्रमाले नेपाल र भारतका लागि महाकुम्भ भएको भन्दै प्रचण्डले दुवै देशको धार्मिक संस्कृति आदानप्रदानमा ठूलो योगदान पुर्याइरहेको बताए ।

आफू पहिलोपटक प्रधानमन्त्री रहेका बेला पनि परिक्रमा मार्गका लागि सहयोग गर्ने अवसर पाएको स्मरण गर्दै उनले मिथिलाविहारी परिषद् गठन गर्न पनि आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उत्साहपूर्वक भाग लिएका प्रचण्डले स्थानीय पहिरन लगाएका थिए।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]