About Contact
१८ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
रौतहटमा प्रहरीको भ्यानसँग ट्रक जुध्यो, ४ असईसहित ६ जना घाइते

खोज केन्द्र आइतबार, फाल्गुण ११, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

रौतहट, । पूर्व–पश्चिम राजमार्ग सडक खण्डअन्तर्गत पर्ने रौतहटको चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा प्रहरीको भ्यानलाई ट्रकले ठक्कर दिँदा ६ जना घाइते भएका छन्। घाइते हुनेमध्ये ४ जना नेपाल प्रहरीका असई रहेकाे जनाइएकाे छ ।

आज आइतबार बाराको पथलैयामा नेपाल प्रहरीका संगठन प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञवालीको ब्रिफिङ कार्यक्रममा सहभागी हुनको लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट पथलैयातर्फ जाँदै गरेको अवस्थामा करिब ६ बजे बिहान नेपाल प्रहरीको ना १ झ १३३१ नम्बरको भ्यानलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ८६२५ नम्बरको ट्रकले ठक्कर दिएको हो।

आइजिपी ज्ञवालीको ब्रिफिङको लागि सीमा प्रहरी चौकी मठियामा कार्यरत असइ गोविन्द यादव, गौर बसपार्कमा कार्यरत असइ मनोज सिंह, औरैयामा कार्यरत असइ विश्वनाथ प्रसाद यादव, बेलबिछवामा कार्यरत असइ हृदय प्रसाद यादव र भ्यान चालक जवान सरोज यादव घाइते भएका छन्।

घाइतेमध्ये असइ गोविन्द र मनोजको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। अन्य घाइतेको नाम भने खुल्न बाँकी छ।

घाइतेहरुको उपचार चन्दनिगाहपुर अस्पतालमा भैरहेको र भ्यानलाइ ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाइएको छ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा
मन्त्री कुशवाहाद्वारा समुदायिक भवन र बाउन्ड्रीवाल निर्माण शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]