About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
जेसीसद्वारा जनकपुरमा रक्तदान सम्पन्न

खोज केन्द्र शनिबार, फाल्गुण १०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर, १० फागुन । प्रदेस २ को राजधानी जनकपुरमा जेसीसद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ जेसीस जनकपुरको आयोजनामा रक्तदान सम्पन्न भएको हो ।

कार्यक्रममा राजपाका यूवा नेता सिताराम यादब, पत्रकार राजकमल सिंह, ॐ प्रकाश नेपाली, जनकपुर जेसीजको अध्यक्ष गौतम साह, महासचिव मनोज साह, कोषाध्यक्ष राज कुमार साह, उपाध्यक्ष यातोष साह, उपाध्यक्ष डा राजेश मण्डल,पूर्व अध्यक्ष सुदीप कोइराला,धनुषा जिल्ला ट्राफिक प्रहरी निरीक्षक परशुराम घिमिरे , तथा रवि चन्द्र पंडित,संजय हाथी ,सुजीत झा सहित ८७ जनाले रक्तदान गरेको जेसीसका उपाध्यक्ष प्रशान्त झाले जानकारी दिए ।

जनकपुर जेसीज सन १९७६ मा स्थापित भए देखि नै यस क्षेत्रका युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, उद्यमशिलताको विकास र समुदायमा हस्तान्तरित विभिन्न कार्यक्रमहरुको आयोजना गरी मानवताको विकास सँग सँगै समाजमा सक्रिय नागरिकको भूमिका निर्वाह गर्न जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका लागि जेसीजको आधार स्तम्भ जेसीज आस्थालाई आफ्नो अनुशासन बनाइ “मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” ।

जनकपुर जेसीजद्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना जनकपुरधाम जनक चौकमा गरिएको थियो । कार्यक्रमको अध्यक्षता जनकपुर जेसीज वर्ष २०२० का अध्यक्ष  गौतम साहले गरेका थिए भने प्रमुख अतिथिको रुपमा राजपा नेपाल धनुषाका जिल्ला अध्यक्ष एवं जनकपुर प्रादेशिक अस्पतालको सभापती संजय सिंह रहेका  थिए । 

बृहत रक्तदान कार्यक्रममा जनकपुरधाम नगर क्षेत्रको साधारण व्यक्ति देखी बिभिन्न संघ संस्थाका प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तिहरुको उल्लेखिय सहभागिताका साथ ८७ पिन्ट रगत रक्तदान गरियो । यस कार्यक्रमका संयोजक  नितेश जयसवाल रहेका थिए । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]