About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
रौतहटमा बलात्कार आरोपमा चिकित्सक पक्राउ

खोज केन्द्र शनिबार, फाल्गुण १०, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

रौतहट । रौतहटमा सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा पोलीक्लिनिक सञ्चालक चिकित्सक (अहेब) पक्राउ परेका छन् ।

गरुडा ४ मा अर्चना पोलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दै आएका मौलापुर नगरपालिका ५ निवासी ३५ बर्षिय श्यामशुन्दर पटेल पक्राउ परेका हुन् । आफनै क्लिनिककी महिला सहकर्मीलाई जवरजस्ती करणी गरेको आरोपमा ‘अहेब’लाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

पीडित महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण गरिएको प्रहरीले जानकारी दिएको छ । पटेलले दुई बर्षदेखि गरुडामा पोलीक्लिनिक सञ्चालन गर्दै आएका थिए । पोलीक्लिनिकमा कार्यरत महिलाले आफूलाई ‘विवाह गर्ने प्रलोभन देखाएर’ पटक–पटक यौनशोषण गरेको प्रहरीसमक्ष जाहेरी दिएकी छिन् ।

पटेलले करणी गरेपछि आफू तीन महिनाको गर्भवती रहेको समेत पीडित महिलाले बताएकी छिन् । यस घटनामा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]