About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
७० लाख भारतीयलाई ट्रम्पले सम्बोधन गर्ने

खोज केन्द्र शुक्रबार, फाल्गुण ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी  भारत भ्रमणमा आउँदैछन्। भ्रमणका क्रममा उनले गुजरातको अहमदावादस्थित मोटेरा स्टेडियम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफूले ७० लाख मानिसबीच सम्बोधन गर्न लागेको बताएका छन्। उनले भनेका छन्, ‘म केही दिनमा भारत जाँदैछु। त्यहाँ ७० लाख मानिसका बीच कार्यक्रम हुँदैछ। त्यहाँ विश्वकै ठूलो स्टेडियम बनिरहेको छ। कार्यक्रम उत्साहजनक हुने अपेक्षा छ।’

एबिपी न्युजका एक अधिकारीले ट्रम्पको स्वागतको लागि डोनाल्ड ट्रम्प नागरिक अभिनन्दन समिति बनेको बताएका छन्। कार्यक्रमका लागि ८५ करोड भारतीय रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेको छ। यसमध्ये आधा खर्च सुरक्षामै लाग्नेछ । अहमदावाद सिटीका डिएसपी विजय पटेलका अनुसार नागरिक अभिनन्दन कार्यक्रममा १२ हजार सुरक्षाकर्मी परिचालन हुनेछन्।

एउटा कार्यक्रमका लागि यति ठूलो रकम खर्च गर्न लागिएको भनेर सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ।

अहमदावादमा ट्रम्पले उद्घाटन गर्न लागेको क्रिकेट स्टेडियम विश्वकै ठूलो भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले बताएको छ। बोर्डका अनुसार स्टेडियममा दर्शक क्षमता एक लाख दस हजार रहेको छ।

बीबीसी

सम्बन्धित

ताजा अपडेट
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]