About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
गुरुयोजना विपरित निर्माण गरिएका संरचनाले लुम्बिनी विश्व सम्पदा सूचिबाट हट्ने खतरा

खोज केन्द्र शुक्रबार, फाल्गुण ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

लुम्बिनी विकास कोषभित्र गुरुयोजना विपरित निर्माण गरिएका संरचनाले लुम्बिनी विश्व सम्पदा सूचिबाट हट्ने खतरा बढेको छ । लुम्बिनीको पवित्र उद्यान क्षेत्रभित्र विकास कोषले गुरुयोजना विपरित निर्माण गरेका संरचनाका कारण लुम्बिनी विश्व सम्पदा सूचिबाट हट्ने खतरा बढेको हो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को) ले लुम्बिनीलाई सन १९९७ मा विश्व सम्पदा सूचिमा सूचिकृत गरेको थियो ।

लुम्बिनीको पुरातत्व, कला र वास्तुकलाका बारेमा विद्याबारिधि गरेका डा. गीतु गिरीका अनुसार मायाँदेवी मन्दिरको संरचना, स्मारक र इट्टा लगाएर बनाइएको मेडिटेसनको विषयलाई लिएर यूनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचिबाट हटाउने चेतावनी यस अघि दिइसकेको छ ।

“यूनेस्कोले विश्व सम्पदा सूचिबाट हटाउने पटक–पटक चेतावनी दिंदै आएको छ, पुरातत्वलाई असर नपर्ने गरी काम हुनुपर्नेमा विकास कोष त्यसमा गम्भीर भएको पाइएन,” गिरी भन्छन् “हाम्रै कारण लुम्बिनी विश्व सम्पदा सूचिबाट हट्यो भने त्यो दुर्भाग्य हुनेछ ।”

यूनेस्को विश्व सम्पदा केन्द्रको ४३औं सत्रको निर्णय र नेपाल सरकारले यूनेस्कोलाई गरेको आमन्त्रण अनुसार यूनेस्को टोलीले लुम्बिनीमा आगामी २–९ मार्च २०२० मा लुम्विनीको अध्ययन भ्रमण गर्दै छ ।

लुम्बिनी क्षेत्र वरीपरी भइरहेका पूर्वाधार निर्माण र प्रदुषणका कारण विश्व सम्पदा सूचिमा सूचिकृत गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा परेको प्रभावका बारेमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को) ले अध्ययन गर्न लागेको हो ।

लुम्बिनी विकास कोषका अनुसार यूनोस्कोको टोलीले मायाँदेवी परिसरमा रहेको पवित्र उद्यान, लुम्विनी क्षेत्रमा भएको अतिक्रमण, पाँच हजार व्यक्ति अटाउने गरी बनाइएको अस्थायी हलको अध्ययन अवलोकन गर्ने छ । टोलीले गर्ने अध्ययनपछि लुम्बिनी विश्व सम्पदा सूचिमा कायमै रहने वा सूचिबाट हटाइने यूनोस्कोले निर्णय गर्ने छ ।

त्यसैगरी लुम्बिनीलाई खतराको सूचिमा पार्ने लुम्विनी वरीपरी निर्माण भएका सिमेन्ट उद्योग र त्यसले गरेको प्रदुषण हो । औद्योगिक प्रर्वद्धन बोर्डको निर्णय अनुसार लुम्बिनी विकास कोषको पर्खालबाट १५ किलोमिटर टाढा हुनुपर्नेमा १५ किलोमिटर भित्रमै डेढ दर्जनभन्दा बढी उद्योगहरु रहेका छन् ।

उद्योगबाट निस्केको प्रदुषणले लुम्बिनीमा रहेको असोक स्तम्भ, मार्कर स्टोन र पुरातात्विक महत्वका इटाको आयू घटाउँदै लगेको गिरी बताउँछन् ।

लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानिन राई पुरातात्विक महत्वको हिसाबले महत्वपूर्ण कपिलबस्तुको तिलौराकोटलाई पनि विश्व सम्पदा सूचिमा सूचिकृतका लागि लुम्बिनी विकास कोषले छलफल सुरु गर्ने बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]