रामहृदय यादव
धनुषाधाम, ९ फागुन । धनुषाधाम नगरपालिकामा ‘प्याब्सन नगरस्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता-२०७६’ सम्पन्न भएको छ ।
प्याब्सनको नगर अध्यक्ष रामपुकार यादवको अध्यक्षता तथा धनुषाधाम नगरपालिकाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) धीरेन्द्र कुमार साहको प्रमुख अातिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो । प्याब्सनको जिल्ला कार्यक्रम अनुसार यस प्रतियोगिताको अायाेजना गरिएको हो ।
प्रतियोगिता समापन समारोहमा बोल्दै विद्यालय निरीक्षक धीरेन्द्र कुमार साहले धनुषाधाम नगर प्याब्सनले धन्यवाद व्यक्त गरे । विद्यार्थीहरूको प्रतिभा पहिचान गरि राष्ट्रिय स्तरमा पुर्याउन सम्बन्धित पक्षलाई अाग्रह गरे ।
प्रतियोगितामा धनुष बाल मन्दिरका संस्थापक गौरीशंकर यादवले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै धनुषाधाम नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष राजकिशोर साह, वडा नं.४ का वडाअध्यक्ष परिक्षण यादव, प्याब्सनका गणेशमान चारनाथ अध्यक्ष देवनारायण साह, प्याब्सनको जिल्ला सहसचिव अनिलकुमार लाल कर्ण, अोरेक नेपालका प्रतिनिधि मञ्जु महतो लगायतले अाअाफ्ना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा बुद्ध पाठशाला, धारापानीका प्रिन्सिपल रामहृदय यादव, क्रियटिभ स्कुलका प्रिन्सिपल रामकुमार थापा, सनराइज बोर्डिङका प्रिन्सिपल रामकुमार कार्की, भिजनका सह प्रिन्सिपल गोबिन्द बहादुर शाही, बाल अावासीय विद्यालयका प्रतिनिधि लगायत प्याब्सन अाबद्ध विद्यालयका प्रतिनिधिहरूको उपस्थिती थियो ।
प्रतियोगितामा क्रियटिभ स्कुल भिमानको शिक्षिका चन्दा राईले उद्घोषण गरेका थिए ।