About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
प्रदेस २:तस्करीको गुनासो हेलो सरकारमा

खोज केन्द्र शुक्रबार, फाल्गुण ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्लाही । सशस्त्र प्रहरी बलको सर्लाहीको टावरस्थित बेसक्याम्पका प्रहरी निरीक्षकले व्यापारीदेखि तस्करहरूसँग आफैँ डिलिङ गरी रकम उठाउने गरेको गुनासो हेलो सरकारसम्म पुगेको छ ।

बेसका निरीक्षक सन्जित सिंहले त्रिभुवननगर नाकाबाट तस्करी गर्ने तस्कर र केही भन्सार तिरेर सामान ल्याउने व्यापारीसम्मबाट आफैँले डिलिङ गरी रकम उठाउने गरेको उजुरीमा उल्लेख छ ।

लत्का ढलानको बाटो अर्थात् उनकै अफिस नजिकैबाट भन्सार छली गरी चोरी तस्करी गराई भित्रिएका सामानहरू आउने गर्दछन् । त्यस्ता चोरी तस्करी गर्ने तस्कर र व्यापारीहरूलाई निजले आफ्नै कार्यकक्षमा बोलाई रकम लिने गरेको उल्लेख छ ।

त्रिभुवननगर नाकामा सशस्त्र प्रहरीको छुट्टै बिओपी छ । त्रिभुवननगर बिओपी उक्त नाकाबाट टाढा पर्ने र टावरको बेस नजिक पर्ने र तस्कर एवम् व्यापारीहरूले सोही बाटो प्रयोग गरी सामान ल्याउने गरेका कारण पनि निरीक्षक सिंहले उनीहरूबाट रकम असुली गरिरहेको उल्लेख छ ।

डिआइजी राजु अर्यालले चोरी तस्करी नियन्त्रण गर्ने र रकम असुल्ने प्रहरीहरूप्रति निगरानी एवम्् कारवाही गरिरहे पनि टावर बेसका निरीक्षक सिंहले भने तस्करदेखि व्यापारीहरूबाट खुल्लमखुला रकम असुली गरिरहेको उल्लेख छ ।-जनप्रहार

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]