About Contact
१३ फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
दुई महिनाअघि प्रधानमन्त्रीकहाँ अडियो पुर्‍याएको थिएँ : विजय मिश्र

खोज केन्द्र शुक्रबार, फाल्गुण ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमै पुगेर अडियो रेकर्ड गर्ने विजय मिश्र जापान बसेर नेपाल फर्केका हुन् ।

नेपालमै मेसिनरी एन्ड सेक्युरिटी प्रालि स्थापना गरेर सेक्युरिटी प्रिन्टिङ प्रेसकै क्षेत्रमा काम गरेको बताउने उनी स्विट्जरल्यान्डको एक कम्पनीका प्रतिनिधिसमेत हुन् ।
विजय मिश्र, न्युज एजेन्सी अफ नेपाल

उनले सुरूमा स्विट्जरल्यान्डको प्रेससँग ‘डिल’ भए पनि पछि मन्त्री कमिसनको लोभमा अन्यत्र लागेको बताएका छन् । अडियो रेकर्डबारे मिश्रसँग गरेको कुराकानीको सम्पादित अंशतपाईंले किन अडियो रेकर्ड गर्नुभएको ?
मैले त उनीहरूलाई अदालतमा उभ्याउने हो ।जर्मनी र फ्रान्सका राजदूतले नेपाललाई प्रिन्टिङ प्रेस किन्नका लागि दबाब दिएका छन् । मेरो उद्देश्य उनीहरूको स्वार्थमाथि घन्टी बजाइदिने हो । यी विवादित कम्पनीलाई जिन्दगीभर नेपाल नआउने गरी बिदा गर्ने हो ।

कसरी कुरा गर्नुभयो ?
पैसा कति आउँछ र काम भयो भने कसरी हुन्छ भनेर मसँग जिज्ञासा राखेका हुन् । हामीलाई कति आउँछ, तलाईं कति हुन्छ भनेर सोधेका छन् । लागत अनुमानमा एक अर्ब बढाउँदा कसलाई थाहा हुन्छ र भनेका छन् । मैले फोनबाटै भिडियो रेकर्ड गरेको हुँ । यो रेकर्ड सुरुमा सम्बन्धित निकायका धेरै मान्छेलाई सुनाएँ । भिडियोमा मन्त्रीको अनुहार झल्याकझुलुक मात्र देखिने भएकाले अडियो मात्र पठाइदिएको हुँ ।

प्रधानमन्त्रीलाई अडियोबारे थाहा छ ?
मैले दुई महिनाअघि प्रधानमन्त्रीकहाँ अडियो पुर्‍याएको थिएँ । तर मेरो अनुमतिबिना कतै बाहिर नजाने सुनिश्चित गरेको थिएँ । सांकेतिक भाषामा भएको हुनाले मैलेबाहेक कसैले पनि यसलाई अर्थ्याउन सक्दैन । उनले पनि केही कारबाही गर्ने छाँट देखाएनन् ।

कतिमा डिल थियो ?
५५/६० करोड वा त्यही सेरोफेरो मात्रै आउने भनेपछि मन्त्री बाँस्कोटाले २७ अर्बको ठाउँमा २८ अर्ब बनाएर ल्याऊ न त भनेका हुन् । उनले सांकेतिक रूपमा एक अर्ब रुपैयाँ बढाउँदा के फरक पर्छ र भनेका छन् ।
सुरुमा बाँस्कोटाले तपाईंलाई विश्वास गरेका रहेछन् ?
उनीहरूले स्विट्जरल्यान्डको कम्पनीसँग किन्ने भनी प्रक्रिया बढाउने बताए । सरकारले त्यहाँको कम्पनीलाई चिठी पठायो । बाँस्कोटाले यहाँको राजदूतलाई फोन गर्दा समय दिएनछन् । अनि मलाई फोन गरेर समय मिलाइदिनुपर्‍यो भनेर आग्रह गरे ।

प्रधानमन्त्री…
त्यही क्रममा भेटेर कुरा गरौं भने । अनि म मन्त्रीको कार्यकक्षमा जाँदा संयोगले खिचिएको हो, खिच्छु भनेर योजनाबद्ध रूपमा खिचेको पनि हैन । भिडियो डेढ वर्षअघि खिचिएको हो । म खराब हुन्थें भने उतिबेलै सार्वजनिक गरिदिन्थें । मैले अहिले सही समयमा उठाएको भएर उनीहरू चुप लागेर बसेका छन् । अहिले आएर थाहा भयो, मन्त्री बाँस्कोटा बहुत फटाहा
मान्छे रहेछन् ।
भिडियो खिचिएको छ भन्ने मन्त्रीले थाहा पाए ?
अस्ति मलाई उनीहरूले मान्छे पठाए । बाँस्कोटाले ‘मलाई कसरी बचाउने हो बचाउ’ भनेका हुन् । पार नलागेपछि ‘त्यो मिश्रलाई कसरी ठिक पार्ने ?’ भन्ने उपाय सोच्न थाले । मलाई ‘केही पैसा लिएर चुप लाग न त’ भन्ने अफर पनि आएको हो । ‘मैले देश चलाउने अनि यसले मलाई चुनौती दिने ?’ भनेर पनि धम्की आएको थियो । मलाई सार्वजनिक लेखा समितिका एक सदस्य (नाम भनेनन्) ले दीपक भट्ट र सोनाम (यति समूहका सञ्चालक) सँग भेट्नुपर्‍यो भनेर पनि प्रस्ताव आएको थियो । पछि एउटा भेटमा भट्टले म संलग्न छैन भनेका थिए ।
किन लागत अनुमान बढाउन खोजे ?
यो रद्द होला भन्ने मेरो अनुमान थियो । उनीहरूले टेन्डरबाट काम गरेको भए पैसा खान पाउने थिएनन् । मन्त्रीलाई जसरी पनि २ अर्ब त चाहिएको थियो नै । टेन्डरमा गएको भए पनि उनीहरूले एजेन्टलाई कमिसन दिने नै थिए । थोरै आउने भएपछि मन्त्रीलाई पुगेन । सबै हिसाबकिताब गरेर मन्त्रीले बढाउन लगाएका हुन् ।

मैले त अझै धम्क्याउन थाल्यौ भने भ्रष्टाचारविरुद्ध संस्था खोलेर तिमीहरू विरुद्ध लाग्छु भनेर भनिदिएको छु । मैले उनीहरूलाई ३५ लाखभन्दा बढी जनसंख्या भएको मुलुकमा यस्तो प्रेस आवश्यक पर्छ भनेर सहमत गराएको थिएँ । जाउ हेरेर आउ भनेर मन्त्रीलाईस्वीट्जरल्यान्ड पठाइदिएको हुँ । उता गए, घुमेर आए अनि यहाँ विकल पौडेललाई च्यापेर आफूअनुकूल कागज बनाएर खेल्न खोजे ।
यो खेलमा अरू को–को छन् ?
यो खेलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतका दुई/तीन जना कर्मचारी छन् । (उनले थर बताए पनि बिर्सिएको बहानामा नाम खोलेनन्) । पछि उनीहरूले प्रधानमन्त्रीसम्म सहजीकरण गर्थे । विकलले मन्त्रीसँग नजिक भएर काम गर्‍यो । ऊ अमेरिकी ग्रिनकार्ड होल्डर हो । अन्तःशुल्कको स्टिकर छाप्दा पनि ऊ संलग्न थियो । एमआरपी छाप्ने भएपछि परराष्ट्र मन्त्रालयमा आएको हो । बदमासी गरेको थाहा पाएपछि टंकमणि शर्माले आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा कारबाही गरेका थिए ।
मन्त्री बाँस्कोटासँग पछिल्लो समय कुराकानी भएको छ ?
छैन । मैले बारम्बार यो विषय लेखा समितिमा उठाउनुपर्‍यो भनेको थिएँ । मसँग अडियो रेकर्ड छ भन्ने थाहा पाएपछि मन्त्री केही सातायता अलि नरम भएका थिए । मेरोविरुद्ध बोले ५ मिनेटमा बाहिर ल्याइदिन्छु भनेको थिएँ । अरू सांसदलाई थाहा भए पनि कोही उनका विरुद्ध बोल्न सकेनन् ।- कृष्ण ज्ञवाली

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने रणनीति
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिँदैन : उपप्रधानमन्त्री ईश्वर पोखरेल
मिथिला बिहारीमा विभिन्न पार्टी परित्याग गरि सयौ नेता कार्यकर्ता जसपामा प्रवेश

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]