About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
जनकपुर रेल्वेले माग्यो करारमा कर्मचारी, सामान्य लेखपढ गर्नेलाई समेत अवसर

खोज केन्द्र शुक्रबार, फाल्गुण ०९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर, ९ फागुन । नेपाल रेल्वे कम्पनी लिमिटेड, जनकपुरले करार कर्मचारी माग गरेको छ।

जनकपुर जयनगर रेल संचालनको लागि कर्मचारीको अभाव भएपछि करारमा कर्मचारी राख्न लागिएको हो। नेपाल रेल्वे कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय जनकपुर , धनुषाले एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी २५ करार कर्मचारी मागेको हो ।

करारमा काम गर्ने कर्मचारीले एक पटकमा बढीमा एक वर्ष काम गर्नुपर्ने र राम्रोसँग काम गरेमा त्यसलाई बढाउन सकिने बताइएको छ। उक्त विज्ञापनमा स्टेशन मास्टर पदका लागि ८ जना र सिनियर मेकेनिकल ईन्जिनियरका लागि १ जना माग गरिएको छ ।

रेल्वेले चिफ कन्ट्रोलर, सह कन्ट्रोलर तथा प्वाईन मेल सम्म पदका लागि जम्मा २५ जना करारमा कर्मचारी माग गरेको हो ।

जनकपुर-जयनगर रूटका लागि रेल सञ्चालन आउन सकेन
भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनले निर्माण गरेको उक्त रेल बनिसकेको भएपनि सञ्चलनका लागि कर्मचारी नहुँदा ल्याउन नसकिएको रेल विभागले जनाएको छ।

‘भारतमा रेल बनेर तयारी अवस्थामा छ,’ कर्मचारी तयार नभई रेल मगाउने अवस्था छैन।’

रेल विभागले यसअघि फागुन पहिलो सातासम्ममा जनकपुर जयनगर रुटमा नियमित रेल चल्ने दाबी गरेको थियो। तर विभागले दाबी गरेपनि हालसम्म कर्मचारी नै भर्ती गर्न सकेको छैन।

विभागले यसअघि नै रेल सञ्चालनका लागि कर्मचारी नियुक्ति प्रक्रिया फास्ट ट्रयाक गर्न लागेको जनाएको थियो। तर विभागले फाष्ट ट्रयाक प्रक्रियामा कार्मचारी नियुक्ति गर्ने भनेपनि कर्मचारीकै अभावमा रेल ल्याउन नसक्ने अवस्था आएको छ।

विभागले रेलवे कम्पनी ब्युँताएर रेल सेवा सञ्चालन गर्न लागेको हो। करिब २ सयजना कर्मचारी आवश्यक पर्ने रेल विभागले जनाएको छ।

भारतले नेपाललाई आवश्यक कर्मचारी पनि दिने प्रस्ताव करीब ५ महिनाअघि नै पठाएको थियो। आवश्यक सीमित संख्यामा भारतीय कर्मचारी लिने र बाँकी स्थानीयस्तरमा व्यवस्थापन गर्ने नीति विभागको छ।

पहिलो चरणमा जयनगर-जनकपुर करीब ३५ किलोमिटर खण्डमा रेल सञ्चालन गर्ने तयारीमा विभाग छ। भारतको आर्थिक तथा प्राविधिक सहयोगमा यो खण्डमा रेलवे ट्रयाक बिछ्याइएको हो।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]