धनगढी — १४ बुँदे माग राख्दै आमरण अनशन बसेका थारुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले आठौं दिनमा अनशन तोडेका छन् ।रेशम चौधरीसहित ११ जना बन्दीको रिहाइ उनको मुख्य मांग छ ।
जिल्लास्थित राजनीतिक दलले माग पूरा गराउन पहल गर्ने लिखित प्रतिबद्धता गरेपछि थारूले बिहीबार अनशन तोडेका हुन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनशन तोडाए । मोर्चाका संयोजक थारूले फागुन १ देखि अनशन सुरु गरेका थिए ।
अनशन अवधिमा थारू अगुवाहरूले दिनहुँ धनगढीको मुख्य बजारमा प्रदर्शन र कोणसभा गरेका थिए । ।