सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा स्वीसका एजेन्टसँग कमिशनबारे भएको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ ।
बाँस्कोटाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा दिएका थिए । राजीनामा स्वीकृत गर्दै अर्थमन्त्री युवराज खतिवडालाई सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बाँस्कोटा सरकारको प्रवक्ता सँगै सञ्चार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारीमा थिए ।