About Contact
०४ जेठ २०७९, बुधबार
Close
बिज्ञापन
ग्रामीण विकास लघुवित्तले उठिवास गरायो

आफ्नै जमिनमा पक्की घर थियो, लघुवित्तले सुकुमबासी बनाइदियो

खोज केन्द्र बिहिबार, फाल्गुण ०८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

सर्लाहीको बागमती नगरपालिका–१२ की रुकमणी विश्वकर्माको आफ्नै ६ धुर घडेरीमा पक्की घर थियो । ६ महिनाअघिसम्म उनको परिवार त्यही घरमा बस्थ्यो ।

तर, लघुवित्तको ऋणले उनको ६ धुर जग्गासहितको पक्की घर खोसिदियो । अहिले नगरपालिकाले सुकुमबासीका लागि दिएको जग्गामा छाप्रो हालेर बसेको छ, उनको परिवार ।

गाउँमै ऋण लिन बनाइएको समूहमा जोडिएर रुकमणीले पहिलोपटक ०६५ मा ग्रामीण विकास लघुवित्तबाट ३० हजार ऋण लिएकी थिइन् । ०६५ मै त्यसै लघुवित्तबाट फेरि ५० हजार ऋण निकालेर जेठो छोरालाई मलेसिया पठाइन् ।

तर, कमाउन मलेसिया पुगेका छोरा महिनादिनमै जेल परेको खबर आयो । छोरा छुटाउन उनलाई पैसा चाहिने भयो । ६० प्रतिशत ब्याज दिने गरी गाउँमै साहुसँग ऋण गरेर लघुवित्तको ५० हजार तिरिदिइन् । कारण थियो, लघुवित्तबाट धेरै ऋण लिएर छोरालाई छुटाउन पठाउनु र घर व्यवहार पनि चलाउनु ।

ग्रामीण विकास लघुवित्तबाटै १८ प्रतिशत ब्याजमा एक लाख ५० हजार ऋण मागिन् । हातमा एक लाख ३० हजार प¥यो । ५० हजार छोरा झिकाउन विदेश पठाइन् । ५० हजारले पाँच धुर घडेरी किनिन् । बाँकी घरखर्चमा चलाइन् । छोरा घर फर्किए । एक वर्षसम्म उनले ब्याज मात्रै तिर्नुपरेकाले समस्या भएन । तर, जब किस्ता पनि तिर्नुपर्ने भयो, तब समस्या सुरु भयो ।

महिनामा १२ हजार किस्ता तिर्न समस्या भएपछि अब रुकमणी स्थानीय साहुकहाँ पुगिन् । साहुसँग पैसा लिएर लघुवित्तमा किस्ता तिर्न थालिन् । तर, सयकडा ३ देखि ५ प्रतिशतसम्म ब्याजदरमा लिएको ऋण तीन वर्षमा सात लाख पुग्यो । साहुसँग लिएको ऋणले लघुवित्तको ऋणको बोझ घटाउन सकेन ।

उनले फेरि स्वावलम्बन लघुवित्तबाटै दुई लाख ऋण थपेर छोरालाई दुबई पठाइन् । तर, भनेजस्तो काम मिलेन । दुबईमा १० महिना काम गर्दा उनले १० महिनाको किस्ताबाहेक थप तिर्न सकेनन् । ११औँ महिनामा छोरा घर फर्किए ।

ऋणको बोझ बढ्दै गएपछि र तिर्न नसकेपछि लघुवित्तका कर्मचारी घरमा धाउन थाले । ‘आँगनमा लास भए पनि किस्ता नलिई जान्नौँ भनेर दबाब दिन्थे,’ रुकमणीले भनिन् । फेरि उनलाई गाउँकै साहुकहाँ जानुपर्ने बाध्यता पर्‍यो ।

छोराले कमाएर तिरौँला भनेपछि उनले फेरि चार लाख ऋण गरेर घर बनाइन् । ०७३ मा सयकडा ५ प्रतिशतमा पाँच लाख ऋण खोजेर छोराको विवाह गरिन् । थप दुई लाख खर्च गरेर फेरि छोरालाई कतार पठाइन् । तर, त्यहाँ पनि राम्रो नभएपछि छोरा २८ दिनमै घर फर्किए । ऋण बढेको बढ्यै भयो, तिर्ने कुनै उपाय भएन ।

पाँचजनाको परिवार चलाउन फेरि डिप्रोक्स लघुवित्तबाट ऋण लिइन् । व्यवहार बिग्रिँदै गएपछि आशा, नेरुडे, मेरो माइक्रो फाइनान्स, छिमेकीलगायत लघुवित्तबाट पनि ऋण लिइन् । यही बीचमा हेटौँडामा भएको दुई कट्ठा पुर्ख्यौली जग्गा नौ लाखमा बेचेर ऋणको ब्याज मात्रै तिरेको उनी बताउँछिन् । नयाँ पत्रिका

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]