About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
धनुषामा छोरीहरुले बाबुको शव बोकेर आर्यघाट पुर्‍याए

खोज केन्द्र बुधबार, फाल्गुण ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम – हिन्दु समाजमा परिवारको कुनै सदस्यको मृत्यु भए सबै कर्म पुरुषकै हातबाट हुनुपर्ने मान्यता छ। मृत्यु हुँदा दाहसंस्कारदेखि १३ दिनसम्म हुने हरेक क्रियाकर्म पुरुषकै हातबाट हुन्छ। यहाँसम्म कि कसैको मृत्यु भए महिलालाई आर्यघाटसम्म जान नहुने मान्यतासमेत कायम छ। तर, धनुषाको सवैलामा छोरीहरुले बाबुको शव बोकेर आर्यघाट पुर्‍याएका छन्। सवैला नगरपालिका-२ बस्ने रामनाराण यादवको निधन भएपछि छोरीहरुले नै उनको शव आर्यघाट पुर्‍याए।

नेपाली कांग्रेसका क्रियाशील सदस्यसमेत रहेका यादवका छोरा छैनन्। पाँच छोरीका पिता रहेका उनको निधनपछि दाहसंस्कार र कर्म कसले गर्नेबारे गाउँमा छलफल भयो। छलफलको क्रममा केही व्यक्तिहरुले आफन्तबाट दाहसंस्कार गराउन सुझाव दिए। तर, छोरीहरुले मानेनन्। उनीहरु आफैं कर्ममा सहभागी भए । छोरीहरु बाबुको पार्थिव शरीर काँधमा बोकेर दाहसंस्कारको लागि निस्के। खोला छेउमा मृतककी श्रीमती राधिका देवीले दागबत्ती दिइन्।

रामनारायणको सबै छोरीको विवाह भइसकेको छ। बाबुको निधन भएको खबर सुनेर माइती पुगेकी ४० वर्षीया नेपुर यादव, ३७ वर्षीया राजदेवी यादव, ३५ वर्षीया प्रमिला यादव, ३२ वर्षीया अनिता यादव र ३० वर्षीया गोरकी यादवले बाबुको शव काँधमा बोकेर ५ किलोमिटरसम्म हिँड्दै आर्यघाट पुगे।

रामनारायणलाई श्रद्धाञ्जली दिन सवैला पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले मधेशका महिला मजबुत भइरहेको प्रतिक्रिया दिए। बाबुको शव बोकेर आर्यघाटसम्म पुर्‍याउनु मधेशका महिलाको सशक्तिकरणको उदाहरण रहेको उनले बताए।

सम्बन्धित

ताजा अपडेट
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]