About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
प्रदेस २: रातो किताब सार्वजनिक गर्न माग

खोज केन्द्र बुधबार, फाल्गुण ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले रातो किताब सार्वजनिक गर्न माग गरेका छन् ।

मुख्यमन्त्री राउतको निवासमै गएर सांसदहरूले ८ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

चालू आर्थिक वर्षमा सरकारले विनियोजन गरेको विकास निर्माणको कार्यक्रम सरकारले दोस्रो चौमासिक चलिरहँदासम्म पनि सार्वजनिक नगरेको भन्दै सांसदहरूले आपत्ति प्रकट गरेका छन् ।

नेकपा संसदीय दलका नेता एवं प्रमुख प्रतिपक्षी सत्यनारायण मण्डलद्वारा जारी ज्ञापनपत्रमा सरकारले समयमै भुक्तानी नगर्दा प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको उल्लेख गर्दै छिट्टै समस्याको समाधान गरी सदन सुचारु गर्न मुख्यमन्त्री राउतलाई सुझाए ।

संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको जनता आवास कार्यक्रममा ढिलासुस्ती भइरहेकाले सबै निर्वाचन क्षेत्रमा तदारुकताका साथ काम गर्न माग गरेका छन् ।

साथै अपारदर्शी ढंगले भइरहेको कामलाई पारदर्शी एवं अख्तियारी नपठाएको जिल्लामा छिट्टो अख्तियारी पठाउनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]