About Contact
२० फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
सरकारको पछिल्लो गतिबिधिले ब्यापारी वर्ग रुष्ट छ: महासचिव महासेठ

खोज केन्द्र बुधबार, फाल्गुण ०७, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी छन् । प्रदेश २ का सबै भन्दा पुरानो सहरको रुपमा स्थापीत रहेको जनकपुरधाम आर्थिक हिसाबले प्रदेशकै ‘हब’ को रुपमा विकास भइरहेको छ । धार्मिक प्रर्यटकको लागि सबै भन्दा सुन्दर गन्तव्य पनि मानिन्छ, जनकपुरधाम । पर्यटकीय सम्भावना भएकै कारण यस क्षेत्रमा सोही अनुसार विभिन्न साानादेखि ठुला व्यवसायहरु फस्टाइरहेको छ, लगानीकर्ता उत्साहित भएर लगानी पनि गरिरहेका छन् । धमाधम ठुला–ठुला होटलदेखि सपिङ मलहरु सञ्चालनमा आउन थालेका छन् ।

विगतमा भएको मधेश आन्दोलन र त्यस लगत्तै एशियाली विकास बैंक (एडीबी) परियोजना अन्तरगत भएको सडक विस्तारले व्यवसायीहरु निकै प्रभावित भएका थिए । तर, चालु आर्थिक वर्षदेखि नै सुरु हुने भनिएको रेल सेवा र प्रदेशको राजधानी हुने राजनीतिक सहमती भएपछि व्यवसायीहरुमा थप असा पलाएको छ । त्यसै अनुसार व्यवसायीहरु व्यपारमा धमाधम लगानी गरिरहेका छन् ।

नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्रियाउने लक्ष्य लिएको छ । आर्थिक विकासका लागि पर्यटक एकदमै महत्तवपूर्ण हुन्छ । पर्यटकीय कोरीडोर बनाउन यहाँका व्यवसायीहरु तयार रहेपनि प्रदेश र स्थानीय सरकार त्यस तर्फ अग्रसर नदेखाएको व्यवसायीहरुको भनाइ छ । भ्रमण वर्षमा जनकपुरधाममा ५ लाख भन्दा बढी पर्यटक ल्याउने दावी सरोकार बला निकायको छ । प्रस्तुत छ, जनकपुरधाममा व्यवसायको अवस्था, सम्भावना, अवसर, चुनौती लगायत बारे जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्रप्रसाद महाशेठसँग कुराकानीको संपादित अंश ।

जनकपुरधाममा व्यपार÷व्यवसायीको अवस्था के छ ?

जनकपुरधाममा अहिले सम्म सबै क्षेत्रको व्यवसायी संतुष्ट हुन सक्ने अवस्था आएको छैन् । कुनै–कुनै क्षेत्रको व्यवसायी अझै प्रभावित नै छन् । विगतको तुलनामा व्यपार बढेको छ । ठुला उद्योग धन्दादेखि साना उद्याग व्यसाय फस्टाइरहेको छ । व्यवसाय फस्टाउँदै गर्दा उनीहरुमा प्रतिस्पर्धा पनि बढेको छ । विगतमा ६ महिना लामो भएको मधेश आन्दोलन र त्यस लगत्तै भएको सडक विस्तारले व्यवसायी निकै मारमा परेका थिए । त्यसता अवरोधबाट मुक्त भई सेवाग्राहीको सेवामा व्यवसायी अहिले अग्रसर भएका छन् ।

पछिल्लो समय भोगेका समस्याबाट ऋणी बनेका व्यवसायीहरु आर्थिक उपार्जन तर्फ लम्किरहेको छ । विभिन्न कारण यहाँको व्यवसायीहरुको अवस्था दयनिय देखिएपनि केही क्षेत्रका व्यवसायीहरुको व्यवसाय संतोषजनक छ । भारतिय बजार नै जनकपुरधामको व्यवसाय फस्टाउनमा बाध्क बनिरहेको छ । भारतिय बजार जनकपुरधामको बजार प्रवद्र्धन गर्न बेलाबेला चुनौतीको रुपमा आइरहेको छ ।

भारतिय बजार कसरी चुनौतीको रुपमा आएको छ ?

जनकपुरधामबाट भारतिय बजार नजिकै छन् । व्यवसाय हुने मुख्य सिजनमा सेवाग्राहीहरु विवाह र मठमन्दिरको नाममा सम्बन्धित पालिकाबाट सिफारिस लिएर लाखौंको समान भन्सारछलि गरी ल्याउनछन् । अव विभिन्न उपभोक्ता र स्थानीय त्यसलाई स्कुलिङको रुपमा लिएको छ । र, घरमा विवाह नभएपनि सिफारिस लिएर भारतिय बजारबाट नै समान खरिद गरी ल्याउँछन् । त्यो नै जनकपुरधामको व्यवसायीको लागि चुनौती छन् ।

यहाँ व्यवसाय फस्टाउने अधारहरु के छन् ?

यहाँको व्यवसायको प्रमुख तीन वटा अधारहरु छन् । प्रदेशको राजधानी, रेलसेवा र पर्यटकीय गनतव्य । यसलाई व्यवस्थापन र एक अर्कासंग सहकार्य गर्न सकियो भने यहाँ व्यवसायको निकै सम्भावना छ । रेल सञ्चालनमा आएपछि यहाँको बजारमा भिँडभाड बढ्छ । भिँडभाड बढेपछि बजार व्यवसाय फस्टाउछन् । बजार स्स्तो हुन्छ, स्स्तो भएपछि बजार पनि ह्वातै बढछ र त्योसंगै बजार व्यवसायको विकास हुन्छ । व्यवसाय फस्टाएपछि रोजगारीका अवसरहरु समेत सिर्जना हुन्छ । जनकपुरधाममा धार्मिक तथा ऐतिहासिक सम्पदाहरु भएकोले यहाँ पर्यटकहरुको आगमन हुन्छ त्यस्ले बजार प्रवद्धर्न हुन्छ ।

भ्रमण वर्षमा पर्यटक भित्र्यिाउने के योजना छ ?

भ्रमण वर्षमा पर्यटक बढाउने मुख्य भुमिका सरकारको हुन्छ । सबै भन्दा बढी स्थानीय सरकारको । तर सरकारबला निकाय त्यस तर्फ उदासिन देखिएको छ । भ्रमण वर्षको लागि विभिन्न समति उपसमिति बनाएको छ । तर, त्यसमा व्यवसायीको प्रतिनिधित्व छैन् । हामीसंग अहिले सम्म कुनै छलफल, सहकार्य गरेको छैन् । यद्यपी हामी व्यवसायीहरुले पर्यटकको लागि केही ‘प्याकेज’ ल्याउने सोच बनाएका छौं । सरोकार बला निकायसंग छलफल गरी छिट्टै त्यसको टुङ्गो लगाउ छौं । यहाँको व्यवसायी जनकपुरधामलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न गम्भिर छन् । जनकपुरधाम उद्योग वाणिज्य संघ पनि त्यसप्रति गम्भिर छ ।

जनकपुरधामको होटेलले सेवा राम्रो नदिएको सुनिन्छ छ नी ?

हो, केही होटल व्यवसायीले स्तरीय अनुसारको सेवा नदिएको, सेवाग्राहीलाई ठगेको सुनिन्छ । हामी त्यसता व्यवसायीको पहिचान गरिसकेका छौं । वहाँहरुसंग छलफल गरिरहेका छौं समस्या समाधानको निमित । तर, सबै होटल व्यवसायी त्यसतै छैन् । कतिपय व्यवसायीले नियुनतम शुल्कमा फस्ट कलासको सेवा दिएके उदाहरण पनि छ हामीसंग । जनकपुरधामलाई बदनाम गर्ने केही तत्वहरु नै लागेको छ । जसले जनकपुरधाममा भएको सानो विषयलाई ठुलो बनाएर बदनाम गरिरहेको हुन्छ ।

जनकपुरधामको सन्दर्भमा केही होटल अभाव देखिएपनि विगतको तुलनामा ठिकै अवस्था छ । २ हजार मानिस मज्जाले अटाउने सक्ने क्षमता छ । यो एक वर्ष पूरानो विवरण छन् यो बिचमा कति होटेल थप पनि भएको छ । त्यसकारण खाशै अभाव त छैन, महोत्सव र मेलाको बेला अभाव देखिन्छ । दर्जनौं होटेल निर्माणको क्रममा छ । केही दिन भित्रै होटल अभावको समस्या समाधान हुन्छ ।

यहाँकोे बजार अन्य ठाउँ भन्दा महँगो छ नी ?

यो सरासर गल्त प्रचार छ । नेपालमा बसेर भारतिय बजारसंग तुलना गर्दा केही मह्गो देखिन्छ । त्यो नेपालको अन्य ठाउँ भन्दा सस्तो नै छ । मैले अघि पनि भने जनकपुरधाम प्रति गल्त दृष्टिकोण भएका व्यक्तिले गरेको गल्त प्रचार हो । यहाँ सबै स्त्तरको समान÷होटल छन् । जस्तो समान त्यस्तै शुल्क निर्धारण छ ।

मनपरी पैसा असुलेको देखिन्छ ?

व्यवसायीले कसैसंग बढी शुल्क लिएको छैन् ।

सम्बन्धित

ताजा अपडेट
यातायात कार्यालय जनकपुरमा प्रहरीको छापा, १५ दलाल पक्राउ
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]