प्रहरीले धरानस्थित दिल्ली पब्लिक स्कुलको गेटमा बम बिस्फोट गराएको आरोपमा मोरङका गोपाल बस्नेतलाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई धरान उपमहानगरपालिका–८ बरगाछी चोंकबाट पक्राउ गरेको हो।
धरान उपमहानगरपालिका–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कम्पाउण्डभित्र रहेको स्कूलको गेटमा २० भदौं २०७६ मा बम बिष्फोट भएको थियो। प्रहरीले बस्नेतका साथबाट ४ थान मोबाइल र डायरी बरामद गरेको छ।
सुनसरी प्रहरीले बस्नेत नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग आवद्ध रहेको आशंकामा थप अनुसन्धान भइरहेको जनाएको छ।