About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
उच्च अदालतले महरालाई छाड्न नमान्नुको ‘कारण’

एक महिनामा टुङ्गो

खोज केन्द्र बिहिबार, पौष ०३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

उच्च अदालत पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई थुना मुक्त गर्न अस्वीकार गरेको छ।

बलात्कारको प्रयास गरेको आरोपमा महरालाई जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको थियो।

उनी अहिले कारागारमा छन्। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले उक्त निर्णय सदर गरेको उच्च अदालतले जनाएको छ।

 

महरा आफूविरुद्धको मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म थुनामा राख्ने जिल्ला अदालतको निर्णयलाई चुनौती दिँदै उच्च अदालत गएका थिए।

थुना बाहिरै रहेर जिल्ला अदालतमा आफूविरुद्ध परेको मुद्दाको सामना गर्नु पाउनुपर्ने उनको माग थियो।

अदालतले रिहा गर्न नमान्नुको कारण

उच्च अदालतले महरालाई रिहा गर्न नमान्ने निम्न आधारहरू प्रस्तुत गरेको छ:

  • महराले आफू पीडितको कोठा रहेको इलाकामा गएको तर निजसँग फोन सम्पर्क नभएपछि गल्लीबाटै फर्की आएको भनि आरोप अस्वीकार गरेको तर महरासँगै गएका काजिराम रानामगर समेतका सुरक्षाकर्मीले महरा पीडितको कोठा भएको घरको गेटभित्र प्रवेश गरेर डेढ घण्टापछि मात्र फर्केको कागज गरेको।
  • घटनापछि पीडितले रुँदै आत्तिदै सभामुख महराले आफूलाई कुटपिट गरी जबरजस्ती करणी गर्न खोजेको भनी प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेको र सोबारेमा महानगरीय प्रहरी वृत नयाँ वानेश्वरलाई जानकारी गराएको भनि ड्युटि अधिकृत प्रहरी सहायक निरीक्षक वीरबहादुर बोहराले कागज गरेको।
  • पीडितको कोठामा रक्सीको बोतल, गिलास तथा बदाम भएको प्लेट रहेको तथा चस्माको फ्रेम र जुत्ताको तलुवा समेत भेटिएको भन्ने व्यहोराको घटनास्थल मुचुल्का, मौकामा बुझिएका उमा रेग्मी र अजयबाबु सिवाकोटी समेतका व्यक्तिहरूले पीडितले आफू जबरजस्ती करणीमा परेको कुरा बताएको भनि कागज गरेको।
  • घटना पश्चात् पीडित र प्रतिवादी महरा तथा महराका छोरा समेतबीच भएको एसएमएस संवाद र पीडितको शरिरका विभिन्न भागमा घाउ, चोट, नीलडाम समेत देखिएको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन समेतका मिसिल प्रमाण।

‘ती आधारबाट जाहेरवालाले प्रतिवादीले आफूलाई कुटपिट समेत गरी जबरजस्ती करणीको उद्योग गरेको भनी दिएको जाहेरी दरखास्त समर्थित हुन आएको समेतका तत्काल प्राप्त प्रमाणबाट हाल प्रतिवादी कसूरदार होइनन् भनि विश्वास गर्नुपर्ने अवस्था नदेखिएको’ इजलासको ठहर छ।

एक महिनामा टुङ्गो

साथै उच्च अदालतले ‘उक्त मुद्दा लगातार कारवाई र सुनुवाई गर्नुपर्ने प्रकृतिको भएको र पीडितको बकपत्र समेत भइसकेको देखिएको’ उल्लेख गर्दै ‘एक महिनाभित्र मुद्दाको कारवाई र किनारा लगाउन’ आदेश दिएको छ।

महराविरुद्ध बलात्कार प्रयास गरेको उजुरी दिएकी संसद्‍ सचिवालयमा कार्यरत एक कर्मचारीले पछि आफूलाई जबरजस्ती उजुरी गर्न लगाएको भन्दै अर्को निवेदन दिएकी थिइन्।

ती महिलाको आरोपपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]