About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
कारागारको करोडौंको जग्गा अतिक्रमण

धीरेन्द्रप्रसाद साह मंगलबार, फाल्गुण ०६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

राजविराज, फागुन ६ गते । सप्तरीको राजविराज नगरपालिका ६ स्थित कारागारको एक विघा छ कठ्ठा जग्गा अतिक्रमण गरी निजी घर/टहरा निर्माण गरिएको छ ।

दशकौदेखि कारागारको जग्गा अतिक्रमण गरी बस्दै आएकाहरुबाटै थप भौतिक संरचना निमार्ण पनि भइरहेको छ ।

मालपोत कार्यालय राजविराजले २०५१ असार १७ गते बनाइएको जग्गाधनी पूर्जामा कारागारको कित्ता नं. ६६ को दुई विघा १३ कठ्ठा १९ धुर जग्गा उल्लेख छ ।

यस जग्गामामध्ये एक विघा छ कठ्ठा १२ घुर जग्गा अतिक्रमण गरी करिव सय परिवार बस्दै आएका छन । तीन दशक यतासम्म अतिक्रमण हटाउन प्रयास नहुँदा अतिक्रमण बढ्दै गएको छ । साविक राजविराज नगरपालिका–७ हाल ६ स्थित कारागारको अहिले आधा जग्गा क्षेत्रफल भन्दा बढी अतिक्रमण गरी उपभोग भइरहेकोछ ।

नौ वर्ष अघिसम्ममा कारागारको जग्गा अतिक्रमण गरी व्यक्तिहरुले ७४ वटा घर तथा झुप्रोहरु बनाइसकेका थिए । त्यसपछि पनि घर टहराको संख्या पनि थपिएकोछ । एक सय भन्दा बढी संख्यामा घर, टहरा झुप्रो निर्माण छन ।

एक दशक अघिसम्म जग्गा अतिक्रमण गर्नेहरुलाई पटक–पटक सूचना तथा पत्रद्वारा अतिक्रमित जग्गा खाली गर्न निर्देशन दिएपनि कुनै सुनवाई नभएको कारागारका प्रमुख सत्यनारायण यादवले जानकारी दिनुभयो ।

२०६७ असोजमा तत्कालीन पुनरावेदन अदालत राजविराजले कारागारको जग्गामा बनाइएको घर, टहरा हटाउन आदेश दिएपनि कार्यान्वयन गर्ने निकायले कुनै कदम चालेको थिएन । आदेशको कार्यान्वयनपनि कागजमा सिमित छ ।

२०५८ साल पुस २ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी घ्रुवराज वाग्लेले अतिक्रमित जग्गामा रहेको घर टहरा हटाउन प्रयास गरेपनि जग्गा खाली गराउन सकेन ।

त्यसपछि २०६१ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी आनन्दराज पोखरेलले जिल्ला मालपोत कार्यालयका तत्कालिन प्रमुख शिवराज सापकोटाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, र राजविराज नगरपालिकाको कार्यालयलाई प्रतिनिधि बनाई अतिक्रमण हटाउन एक टोली गठन गरेको थियो ।

त्यसको एक वर्ष अगाडीसम्म गृहमन्त्रालय र कारागार विभागले अतिक्रमण हटाउन निर्देशन सहित पठाएको पत्रको कार्यान्वयनको प्रयास समेत नभएको देखिन्छ ।

गठित टोलीले अतिक्रमण हटाउन काम शुरुगरेपछि बसोबास गरिहेकाहरुले आन्दोलन थालेपछि टोलीको काम निस्किृय भएको थियो । टोलीले अतिक्रमित जग्गा खाली गराउन कानुनी प्रक्रिया अपनाएको थियो तर टोली निष्कृय भएकै कारण कारागारले जग्गा पाउन सकेन ।

त्यसपछि कारागारको अतिक्रमित जग्गा खाली गराउने प्रयास नहुँदा बसेकाहरुको आफन्त, छोराछोरीहरुले थप अतिक्रमण गरी घर टहरा बनाउदै आएको राजविराज कारागार प्रमुख यादवको कथन छ ।

अतिक्रमण हटाउन दुई वर्ष यतादेखि प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलाई गुहार्दै आएको र भर्खर प्रक्रिया सुरु भएको छ ।

अहिले कारागारको अतिक्रमित जग्गा खाली गर्न र बनेको संरचना हटाउन गत माघ २३ गते १५ दिन भित्रको समय सीमा राखेर कारागार प्रशासनले सूचना जारी गरेको छ । सूचना जारी गरेपछि अतिक्रमण गरी बसोबास गरिरहेकाहरुले विरोध गरिरहेका छन ।

वर्षोदेखि बसोबास गर्दै आएका परिवारलाई भोगाधिकारमा कुनै अवरोध नपु¥याएको तथा हाल आएर एक्कासी खाली गर्न भनेपछि आफुहरुको बिच्चली हुने भएको गठित उठिबास संघर्ष समितिका अध्यक्ष तिलबहादुर थापामगरले बताउनुभयो ।

यता १५ दिनमा अतिक्रमित जग्गा खाली नभएमा फेरी सात दिनको सूचना जारी गर्ने कारागारका प्रमुख यादवले भन्नुभयो, त्यसअवधिमा पनि खाली नभएमा कारागार समितिको निर्णय अनुसार अगाडी बढ्नेछु ।

२०२८ सालको सर्वेनापीमा उक्त जग्गा कारागारको नाममा नापी भएको छ ।

ती जग्गनमा बस्दै आएका अधिकाशं मेहतर जात छन । सो जग्गामा उनीहरुले जनता आवास निर्माण गराउन वडा कार्यालयमा सिफारिशका लागि आवेदन गरेपनि जग्गाको प्रकृति खुलाएर सिफारिश गरिएको छ ।

अतिक्रमित जग्गामा बसोबास गरिरहेका मेहतरमध्ये धेरैको अन्य स्थानमा निजी जग्गामा घरपनि रहेको स्थानीयवासीको कथन छ ।

वडा नं ६ अध्यक्ष प्रेमकुमार यादवले सिफारिशमा नीजि, ऐलानी र कारागार जग्गा समेत उल्लेख गरि पठाएको उहाँले भन्नुभयो, अब त्यसमा आवास निर्माण गर्न दिने नदिने जिल्ला स्तरीय जनता आवास समन्वय समितिको हो ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]