About Contact
१४ माघ २०७७, बुधबार
Close
बिज्ञापन
जनकपुरधामलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउन कुटनीतिक सहमति

खोज केन्द्र सोमबार, फाल्गुण ०५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम, ५ फागुन । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडी तथा नेपाल स्थित जर्मनीका राजदूत रोनाल्ड स्चेफरसँग सोमवार शिष्टाचार भेटघाट भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाकै कार्यालयमा भएको शिष्टाचार घेटघाटमा मेयर साहले जनकपुरधाम हिन्दुहरुको ठूलो धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको सर्वविदित नै हो । जनकपुरधामलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउनमा कुटनीतिक सहमति र भोटिङ्गमा सहयोग पुर्याई दिनका लागि आग्रह गरेका छन् ।

मेयर साहले भगवती सीताको चर्चा गर्दै भने, ‘नेपाल भारत मात्र होइन, विश्वका हिन्दुहरुको आस्थाका केन्द्र जनकपुरधाम हो । यहाँको विकास धार्मिक पर्यटकीय दृष्टिले नै भई रहेको छ । विश्वसम्पदा सूचीमा सूचिकृत गराउनका लागि सबै पूर्वाधार तयार छ ।’ यहाँका कला संस्कृतिको आफ्नो पहिचान रहेको जानकारी गराउँदै मेयर साहले भने ‘यहाँको मठ मन्दिर र सरोवरको आफ्नै पहिचान हो ।

पहिचानलाई स्थापित गराउनका लागि पनि जनकपुरधाम विश्वसम्पदा सुचीमा हुनु आवश्यक छ ।’
यता युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडी तथा जर्मनीका राजदूत रोनाल्ड स्चेफरले जनकपुरधाम प्राविधिक शिक्षामा अगाडि रहेको बताएका छन् ।

उनले शिक्षा, स्वस्थ्य तथा जनकपुरधामलाई विश्वसम्पदा सूचीमा सूचिकृतका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोडी र स्चेफरलाई मेयर साहले जनकपुरधामको वृत्तचित्र पुस्तक र दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको १६ जनाको टोलीले जनकपुर यातायात कार्यालयमा छापा, कार्यालय प्रमुख साह सहित कर्मचारीहरु नियन्त्रणमा
मधेसको लोकगाथा नाच लोप हुँदै
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]