About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेश २: सरकारी प्रावधानले पर्यटक घट्यो

खोज केन्द्र सोमबार, फाल्गुण ०५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम, ५ फागुन । सरकारले जिल्लाका भन्सार कार्यालयमार्फत वर्षमा ३० दिन मात्र भारतीय सवारीसाधन ल्याउन पाइने प्रावधान ल्याएपछि भारतीय पर्यटक घटेको सरोकारवालाले औंल्याएका छन् ।

हरेक पटक आउँदा ५०० रुपैयाँका दरले राजस्व तिरेर १ वर्षमा अधिकतम ३० पटक भारतीय सवारीसाधन नेपाल ल्याउन पाउने सरकारको प्रावधान छ । तर, उक्तसीमा तोकिएपछि भारतीय पर्यटक घटेको जनकपुरका पर्यटन व्यवसायीले बताएका छन् ।

‘जनकपुर आउने धेरै भारतीय पर्यटक नै हुन्छन् । भारतीय सवारीसाधन आगमनमा समयसीमा तोक्दा पर्यटकसँगै व्यवसायी मारमा पर्छन्,’ जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले भने ।

भ्रमण वर्षलाई दृष्टिगत गरी १ वर्षका लागि भारतीय सवारीसाधनको समयसीमा तथा दस्तुर दुवै हटाउनुपर्ने उनले बताए । यसले भ्रमण वर्ष पनि सफल बनाउन टेवा पुग्ने उनको विश्वास छ ।

सीमावर्ती क्षेत्रमा दुई देशबीच रोटीबेटीको सम्बन्ध छ । पर्व, वैवाहिक तथा अन्य सामाजिक संस्कारमा आउजाउ गर्ने क्रम वर्षभरि नै चल्छ । जानकी मन्दिरमा पूजा अर्चना गर्न साता वा महीनैपिच्छे आउने भारतीय पनि छन् ।

३० दिने समयसीमाका कारण यस्ता गतिविधि प्रभावित हुने अध्यक्ष साहले बताए । जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले साउन १ गतेदेखि लागू भएका ऐन–कानून अव्यावहारिक रहेको भन्दै सरकारले व्यवसायीसँग छलफल गरी संशोधन गर्नुपर्ने माग गरे ।

गत पुस २६ गते संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडा जनकपुरधाम आएका बेला स्थानीय व्यवसायीले मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै भारतीय सवारीसाधन आगमनको सीमा नतोक्न आग्रह गरेका थिए ।

सरकारको भ्रमण वर्ष २०२० मा भारतीय पर्यटक उल्लेख्य संख्यामा भिœयाउन सरकारको नीति नै बाधक बनेको ठहर व्यवसायीले गरेका थिए ।

भ्रमण वर्ष शुरू भएसँगै विदेशी एवं आन्तरिक पर्यटकको चाप पनि उत्तिकै छ । तर भारतीय सवारीसाधनलाई तोकिएको समयसीमाले सास्ती भोग्नुपरिरहेको गुनासो भारतीय पर्यटकले पनि पटक पटक गर्दै आएका छन् ।

विहार राज्यको मधुवनीबाट आएका राधेश्याम तिवारीले सवारीसाधनमा ३० दिने प्रावधानका कारण आफूहरू मर्का परेको बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]