About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
पप्पु कन्स्ट्रक्सनलाई तीन वर्ष काम गर्न नपाउनेगरी कालोसूचीमा

खोज केन्द्र सोमबार, फाल्गुण ०५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सार्वजनिक खरीद अनुगमन कार्यालय चाहाचलले पप्पु कन्स्ट्रक्सनलाई कालो सूचीमा राखेको छ । कार्यालयले सूचना प्रकाशित गरी कन्स्ट्रक्सनलाई तीन वर्ष काम गर्न नपाउनेगरी कालोसूचीमा राखेको छ ।

सडक विभागको सिफारिसमा पप्पुलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ । यो कम्पनीको सञ्चालक निलम्वित सांसद हरिनारायण रौनियार हुन् । तर, अहिले उनको छोराको नाममा छ । समाजवादी पार्टी, नेपालका सांसद चौधरी भ्रष्टाचार अभियोगसँगै निलम्बनमा परेका छन् ।

पप्पुसँगै अन्य ५ कम्पनीलाई पनि कालोसूचीमा राखिएको छ । तर, बाँकी ६ कम्पनीलाई भने एक वर्षे अवधि तोकिएको छ ।

कालोसूचीमा पर्ने एक कम्पनीले भने नेपाल प्रहरीकै काम नगरेकाले उजुरी परेको थियो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा श्रीदेव सप्लायर्स काठमाडौंलाई एक वर्षसम्म काम नपाउनेगरी कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

निशा सम्पायर्स हेटौडा, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी, बारा कन्स्ट्रक्सन र एजबीकेसी निर्माण सेवा सिन्धुपाल्चोकलाई पनि एक–एक वर्ष सार्वजनिक निकायको कुनै पनि खरीद कारबाहीमा भाग लिन नसक्नेगरी कालोसूचीमा राखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]