About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
महरालाई सफाई: यस्तो थियो महरा बिरुद्धको आरोप

खोज केन्द्र सोमबार, फाल्गुण ०५, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रतिनिधीसभाका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ। अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले सोमबार (५ फागुन २०७६) मा अन्तिम फैसला सुनाउदै महरालाई सफाई दिएको हो।

न्यायाधीश पौडेलको इजलासले महरा बिरुद्धको अभियोग मागदाबी नपुग्नै भन्दै उनलाई सफाई दिएको हो। महराले संसद सचिवालयमा कार्यरत एक महिलालाई करणी उद्योग गरेको आरोपमा १४ कात्तिक २०७६ मा उनी बिरुद्ध करणी उद्योग मुद्दा दर्ता भएको थियो।

अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले महराले अभियोग दाबीबाट पूर्ण सफाई पाएको बताए। उनले इजलासको फैसलासँगै महरामाथिको आरोप सबुतप्रमाण र बयानले पुष्टि हुन नसकेको बताए।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेले पछि ठहरे बमोजिम हुने गरि महरालाई १९ असोज २०७६ मा पूर्पक्षका लागि सदरखोर डिल्लीबजार कारागारमा राख्न आदेश गरेका थिए।

त्यसयता महरा सदरखोर डिल्लीबजारमा बन्दी जीवन बिताउदै आएका थिए। प्रहरीले महरालाई उनको बालुवाटारस्थित सरकारी निवासबाट १९ असोज २०७६ मा पक्राउ गरेर कारबाही अघि बढाएको थियो। काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले महरालाई करणी उद्योगमा ५ र थप साढे दुई गरि साढे सात वर्ष सजाय मागदाबी सहित मुद्दा दायर गरेको थियो।

सरकारी वकिलले प्रहरीले जुटाएका प्रमाणको परिक्षण नगरी मुद्दा अघि बढाएको थियो। प्रहरीले महराको पोलीग्राफ टेस्ट र अदालतको आदेश अनुसार डीएनए रिर्पोट समेत उनले नमानेपछि जुटाउन सकेको थिएन।

यस्तो थियो महरा बिरुद्धको आरोप
पीडित महिलाले उनका श्रीमान नभएका वेला मदिरा बोकेर उनको कोठामा आएका महराले करणी प्रयास गरेको आरोपसहित जाहेरी दिएकी थिइन्। उनले महराले आफूलाई कुटपीट समेत गरेको आरोप लगाएकी थिइन्।

जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले बुझाएको अभियोगपत्रमा महरा १२ असोज २०७६ काे साँझ करिब सातबजे सुविधानगरस्थित पीडित महिलाको डेरामा पुगेको उल्लेख छ। महरा आएको एकघण्टा २५ मिनेटपछि आठ बजेर ४५ मिनेटमा प्रहरी कन्ट्रोलमा पीडित महिलाले आफूलाई सभामुख महराले कुटपीट गर्दै करणी गर्न खोजेको मौखिक जाहेरी दिएकी थिईन।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी दुर्गाराज रेग्मी ९ बजेर १० मिनेटमा घटनास्थल पुगेको अभियोगपत्रमा उल्लेख छ। । डीएसपी रेग्मीले घटनास्थलको भिडियो बनाएर पीडित महिलालाई स्वास्थ्य परिक्षणका लागि आफूसँगै हिडन अनुरोध गरे। पीडित महिला जान मानिन्न्। उनले श्रीमान बाहिर भएकाले फर्केपछि सल्लाह गरेर जान्छु भनिन्। डिएसपी त्यहाँबाट फर्किए ।

डिएसपी रेग्मी अर्को दिन (१३ असोज २०७६) बिहान घटनास्थल पुगेर रितपूर्वक मुचुल्का लिए। मुचुल्कामा आधाआधी सकिएको रक्सीको बोतल, आधा भएको रक्सीको गिलास, काक्रो–मुला र बदामलाई दसी प्रमाण बनाईयो। यस्तै एकथान भाच्चिएको चश्मा र जुत्ताको तलुवा समेत प्रहरीले घटनास्थलबाट बरामद गरेर महरा बिरुद्धको सबुतका रुपमा अदालतमा पेश गरेको थियो।

पीडित महिलाले घटना भएकै दिन प्रहरीसँग जान नमानेपनि उनीहरु फर्किएपछि राती साढे ११ बजे नेपाली कांग्रेसकी सांसद उमा रेग्मीलाई फोन गरेर हारगुहार मागेकी थिईन।

प्रहरी अनुसन्धान प्रतिवेदनमा घटनाका दिन महराको सुरक्षार्थ खटिएका जमदार काजीराम रानामगरले पीडितको घरमा गएको र डेढ घण्टा त्यहाँ बसेर फर्किएको बयान सरकारी वकिलको रोहबरमा गरेका थिए। उनीसँगै प्रहरी हवल्दार बिष्णुबहादुर थापा र चालक सशस्त्र प्रहरी हवल्दार श्यामहरी आचार्य साढे ६ बजे सरकारी निवासबाट बाहिरीएकोे र घटना भएको घर बाहिर बसेर फर्किएको बयान लिखत गरेका छन्।

तर, महराले  आफू पीडित महिलाको घर बाहिरसम्म गएको तर भित्र नपसेको बयान दिंदै आएका थिए। उनले आफूले मदिरा लिएर नगएको र नपिएको समेत दाबी सरकारी वकिल र अदालतमा गरेका थिए।

उनले बयानमा आफूले चिकित्सकको सल्लाहअनुसार विशेष समारोहमा रेड वाईन पिउने गरेको बयान दिएका थिए। उनले आफूले कडा मदिरा पिउन छाडेको १२ वर्ष भएको दाबी बयानमा गरेका थिए।

प्रहरीले अदालतमा पीडित महिलाको डेराबाट बरामद भाच्चिएको चश्माको पावर र महराको चश्माको पावर एउटै भएको कागज प्रमाणका रुपमा पेश गरेको थियो। महराले आफू पीडित बस्ने घर क्षेत्रमा गएको बताएपनि भित्र नछिरेको दाबी गरेपनि प्रहरीले उनी ८ बजेर ३२ मिनेट ४५ सेकेण्डमा सो स्थानबाट बाहिरीएको क्लोज सर्किट क्यामराको भिडियो अदालतमा पेश गरेको थियो।

यस बाहेक महराले पीडितले ‘हिजोको घटना बिर्स, मलाई माफ गरिदेउ’ लेखेको एसएमएस समेत अदालतमा पेश गरेको थियो। प्रहरीले अदालतमा पेश गरेको पीडितको स्वास्थ्य परिक्षण रिर्पोटमा उनीमाथि निलाडाम हुने गरि कुटपीट भएको उल्लेख छ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]