किशोरीको अनुसार उनले आफ्नो आमा र आफन्तलाई यसबारे जानकारी गराएपनि उनीहरुले परिवारको इज्जतको लागि उक्त कुरालाई गोप्य राख्न भनेका थिए। उनलाई एक पत्रकारले पनि सहयोगको बहानामा दुर्व्यवहार गर्ने प्रयास गरेका थिए। पुलिसका अनुसार उक्त किशोरीले छ महिना पहिले नै जालनाको पुलिसमा सम्पर्क गरेकी थिइन्।

त्यसपछि उनलाई बाल कल्याण समितिमा पठाइएको थियो। तर त्यस समयमा उनले आफ्नो पिताविरुद्ध औपचारिक रुपमा आरोप लगाउन अस्विकार गरेकी थिइन्।  समितिले उनलाई उनको मामाको जिम्मा लागाएको थियो। ९ डिसेम्बरमा उनी मामाको घर छोडि मुम्बईको एक खुल्ला ठाउँमा न्यायका लागि प्रदर्शन गर्न थालिन्।

सडकमा प्रदर्शन गरिरहेकी उनलाई एक महिलाले नजिकैकाे प्रहरी चौकीमा लगिन्। त्यसपछि प्रहरीले औपचारिक रुपमा मुद्धा दायर गरी उनको पिता र पत्रकारलाई पक्राउ गरेको छ। उनीहरुमाथि अहिले थप अनुसन्धान भइरहेको छ।