About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
पश्चिमी वायुले देशभर चिसो वृद्धि, सावधानी अपनाउन आग्रह

खोज केन्द्र बिहिबार, पौष ०३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

पुस ३, काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । बिहीवार उपत्यकामा वर्षकै न्यून तापक्रम मापन गरिएको छ ।

 बुधवार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । बिहीवार उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुल्ला भए तापक्रम घट्ने हुन्छ । ‘चिसो अझै बढ्ने क्रममा छ’, मौसमविद् नगरकोटीले भने ।

पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुरलगायतको जिल्लामा हुस्सु/ कुहिरोले जनजीवन प्रभावित भएको छ । चिसोबाट विषेशगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले विभिन्न सावधानी अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको चेतावनी तथा परामर्श जारी गदै तराईका भू–भागमा  बिहीवार मौसममा क्रमिक सुधार हुदैं गए तापनि दिउँसो राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो नै रहने हुँदा त्यसबाट बच्न आग्रह गरेको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार बिहीवार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १७ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
सिरहामा प्रेसर कुकर बम भेटिएपछि पूर्वपश्चिम राजमार्गमा बन्द
सिरहाको प्रहरी प्रमुख फेरिए
धनुषाको खजुरी नाकाबाट तस्करी बृद्वि, १३ लाखको अवैध भन्सार चोरी निकासीका समानहरू बरामद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]