About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
अलमलमा ओली

खोज केन्द्र आइतबार, फाल्गुण ०४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

केपी ओलीको नेतृत्वमा गठित नेकपाको सरकारले २ वर्ष पार गरेको छ । तर, सरकारका उपलब्धिबारे भने पक्षविपक्षमा आआफ्नै तर्क आइरहेका छन् । शनिवार प्रधानमन्त्री ओलीले संसद्मा बोल्दै आफ्नो सरकारले २ वर्षमा आधार खडा गरेको र आगामी वर्षहरू उपलब्धिपूर्ण हुन दाबी गर्नुभयो ।

आँकडा र अनुभूति दुवैले सरकार सफल भएको दाबी उहाँले गरे पनि तथ्यांकलाई आफूखुशी प्रयोग गरिएको छ भने जनताले अनुभूति गरेको आधारलाई पनि पुष्टि गरिएको छैन ।

सरकारले ‘गेमचेन्जर’ आयोजना भनी रेल र मेट्रोरेलको कुरा गरे पनि राष्ट्रिय गौरवका आयोजनाको गतिमा कुनै सुधार आउन सकेन । बरु सरकारकै कमजोरीका कारण निर्माण सम्पन्न अवस्थामा पुगेको मेलम्ची पर धकेलियो ।

सरकारले ‘गेमचेन्जर’ आयोजना भनी रेल र मेट्रोरेलको कुरा गरे पनि राष्ट्रिय गौरवका आयोजनाको गतिमा कुनै सुधार आउन सकेन । बरु सरकारकै कमजोरीका कारण निर्माण सम्पन्न अवस्थामा पुगेको मेलम्ची पर धकेलियो । भइरहेका आयोजनाको निर्माणलाई गति दिन वा कतिपय त शुरू नै गर्न नसके पनि नयाँ गौरवका आयोजना थपेर सरकारले प्रचारमुखी काम मात्रै गरेको पाइन्छ । स्थायी सरकार भए पनि नीतिगत स्थिरता हुन्छ र व्यवसायले गति लिन्छ भन्ने सोचमा रहेको निजीक्षेत्रले अहिलेको सरकारलाई विश्वास गर्न सकेको देखिएन । लगानी सम्मेलन गरेर त्यहाँ आएको प्रतिबद्धतालाई सरकारले ठूलो सफलतामा बतायो तर त्यो वास्तविक लगानी भने गत वर्षको यही अवधिमा भन्दा कम आएको पाइन्छ । प्रधानमन्त्रीले विश्वमा उच्च आर्थिक वृद्धिदर प्राप्त गरिरहेका प्रमुख १० मुलुकमा नेपाल रहेकोमा गर्व गरे पनि आर्थिक वृृद्धिदर सरकारी प्रयास र प्रोत्साहनले भन्दा पनि अर्थतन्त्रका केही स्वाभाविक प्रक्रियाका कारण आएको देखिन्छ । सरकारले आफ्नो सफलताको आँकडा ठूलो देखाउन २० वर्ष अगाडिको तथ्यांक देखाएर त्यसयता प्राप्त सबै सफलतालाई सरकारले प्राप्त गरेको उपलब्धिका रूपमा चर्चा गरेको पाइन्छ । त्यस्तै सडक कालोपत्र गरिएको तथ्यांकमा काठमाडौंलगायत स्थानमा सडकमा पीचमाथि पीच थपिएको तथ्यांकसमेत राखेर तोडमरोड गरेको स्पष्टै देख्न सकिन्छ ।

हो, भ्रष्टाचार सूचक, मानव विकास सूचक तथा व्यवसाय गर्ने वातावरणका सूचकजस्ता क्षेत्रमा नेपालले सुधार गरेको छ । लगानीमैत्री वातावरण बनाउन थुप्रै कानूनी सुधार पनि नभएका होइनन् । विदेशी लगानी आकर्षित गर्न पनि प्रयास भएका छन् । यी सबै प्रयास अपेक्षित मात्रामा छैनन् जसको परिणति न वास्तविक वैदेशिक लगानीमा ठूलो फड्को मार्न सकिएको छ न त स्वदेशी लगानीकर्ताले नै उत्साहका साथ लगानी गरेको नै पाइन्छ ।

प्रधानमन्त्री ओलीले गौरवका आयोजनाहरूको अुनगमन गर्ने भनेर एक्शन रूमको स्थापना गर्नुभयो तर यो रूमको भिडियो कन्फ्रेन्स गर्नभन्दा बढी उपलब्धिमूलक देखिएन । बेलाबेलामा विकास आयोजना हेरेर प्रमुखहरूलाई निर्देशन दिनेभन्दा बढी तिनको प्रयोजन देखिएन । आयोजना समयमै सम्पन्न गर्न मन्त्री र सचिवहरूसँग करार गरियो तर त्यसले पनि परिणाम भने सकारात्मक ल्याउन सकेन ।

त्यसो त ऊर्जाका क्षेत्रमा यी २ वर्ष निकै उत्साहप्रद रहे । लोडशेडिङको अन्त्य हुँदै बिजुली निर्यातको सम्भावनासम्म यस अवधिका उल्लेख्य प्रगति हुन् । विद्युत् उत्पादनमा निजीक्षेत्रको योगदानलाई बेवास्ता गर्ने हो भने सरकारको दाबी यहाँ पनि कमजोर नै देखिन्छ । ऊर्जा उत्पादकहरू आफ्नो माग पूरा नगरिदिएको भन्दै असन्तुष्ट नदेखिएका पनि होइनन् । निकै हल्लाखल्ला गरेर ल्याइएको सामाजिक सुरक्षा कोषलाई ठूलै उपलब्धि दाबी गरे पनि सञ्चय कोषजत्तिको स्वायत्त र लाभदायी बनाउनसमेत अझै सरकारले कन्जुस्याइँ गरेको पाइन्छ, योगदानकर्तालाई सापटी सुविधाको व्यवस्थासमेत गर्न नसक्नु यसको उदाहरण हो ।

पहिलो २ वर्ष संरचना बनाउन बिते पनि अब भने काम नगर्ने सुविधा वर्तमान सरकारलाई छैन । त्यसो हुँदा नेकपाको घोषणापत्रको कसीमा र जनताको अपेक्षामा यो सरकारलाई खासै सफल मान्न सकिँदैन यद्यपि केही प्रयास सकारात्मक भने नभएका होइनन् । विकासका बाटोमा हिँडन खोजेको जस्तो देखिए पनि मूलतः यो सरकारले २ वर्ष अलमलमै बिताएको देखिन्छ । अबका २ वर्षमा काम गरेर देखाउनुपर्ने ठूलै चुनौती वर्तमान सरकारसँग रहेको देखिन्छ ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]