जनकपुर, ३ फागुन । धनुषा जिल्लाको उत्तरी क्षेत्र गणेशमान चारनाथ नगरपालिकाम मापदण्ड विपरित ग्राबेल (खनिज जन्य पदार्थ) उत्खनन् गर्दै गर्दा धनुषा प्रहरीले जेसिबि र ट्रीपर नियन्त्रणमा लिएको छ ।
गणेशमान नगरपालिका वडा न्ं २ गौरीपुर (जुरी) अन्तर्गत चारनाथ खोला किनारा अबैध रुपमा ग्राबेल उत्खनन गरिरहेको जेसिबि र टिपर प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अबैध उत्खनन भ ई रहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भरतपुर, धनुषाबाट खटिएको टोलिले ज १ क ४८८ नम्बरको जेसिवि र ना १ क ८१३६, ना ८ ख ७२१३ नम्बरको टिपरलाइ नियन्त्रणमा लिएको हो ।
नगरपालिकाले ढुंगा बालुवा ग्राबेल जन्य पदार्थ उत्खनन्का अनुमति बिपरित १०/१५ फिट गहिराईमा जेसिविले उत्खनन् गर्दै गरेको अवस्थामा जेसिबिलाई प्रकाउ गरी कानूनी कारवाहीका लागि जिल्ला समन्वय समिति धनुषामा बुझाईएको प्रहरी नायव निरिक्षक सुदर्शन दासले बताए ।
नगरपालिकाबाट १ करोड १० लाखमा बालुवा गिट्टी तथा ग्रबेल रोयल्टी ठेक्का पाएका ॐ सत्य साई निर्माण सेवा, जनकपुर-४ ले अबैध उत्खनन गर्दै आएको प्रहरी प्रतिबेदन छ ।
पेटी कन्ट्र्याक्टका ठेकेदार बृन्जय सिंहले उक्त उत्खन्न गर्दै आएको खुलेको छ । अनुमति विपरीत उत्खनन् गर्ने जेसिबि र टिपरलाई जिल्ला समन्वय समिति धनुषले कारवाहीको सट्टा बचाउमा देखिएको सरोकारवालाहरुको तर्क छ ।
प्रदेस सरकारले क्रसर उद्दोग तथा ग्राबेल उत्खनन गर्न रोक लगाएको छ । यद्द्पी धनुषा सहित महोतरी, सिरहा, सर्लाही, बारा, रौतहट मा उत्खन्न जारी छ ।