About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
भाषा संरक्षण गर्न सरकार पछी नपर्ने :प्रदेश प्रमुख परियार

संजय बिश्वकर्मा शनिबार, फाल्गुण ०३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

लहान ३ ,फाल्गुन । अहिलेको बर्तमान सरकार भाषा संरक्षण गर्न लागी परेको प्रदेश नम्बर –२ का प्रदेश प्रमुख तिलक परियारले बताउनु भएको छ ।

मगही भाषा अभिलेखिकरण सम्बन्धी एक दिने गोष्ठीको उदघाटन गर्न सिरहाको लहान आएका प्रदेश प्रमुख परियारले भाषा आयोग मार्फत नेपालमा बोलिने हरेक भाषहरुको संरक्षण गर्न सरकार तयार रहेको बताउनु भयो ।

नेपालमा बोलिने १ सय २८ भाषालाई संरक्षण गर्नका लागी भाषा आयोग र सरकारलाई बिच बिचमा सरसल्लाहको आब्यश्क परेको हुदाँ सो कार्यमा सहयोग गर्न भाषा बिदहरुलाई उनले आग्रह गरे ।

प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख परियारले भने , ‘ संघियतालाई सफल गर्नका लागी स्थानिय भाषा संस्कृतिको संरक्षण गर्न अति आब्यश्यक रहेको हुँदा आ आफने क्षेत्रबाट भाषा संरक्षणका लागी सहयोग गर्नुपर्छ , सरकार पछी नपर्ने उनले दाबी गरे ।’

नेपालको २०६८ को जनगणना अनुसार करीब ३५ हजार मात्र मगही भाषा बोल्नेको तथ्याङ्क रहेकोले सो जनगणना पुर्ण रुसमा त्रुटी रहेको मगही भाषा अध्ययन केन्द्रका अधयक्ष मनाई महतोले बताउनु भयो । उहाँले प्रदेश नम्बर– २ मा मात्र मगही भाषा बोल्नेको संख्या ४० लाख रहेको दाबी गरेका छन ।

महतोले मधेशमा बोल्ने ठेठ भाषा नै मगही भाषा हो , ‘पिछडाबर्गका २९ जाती , दलित समुदायका १७ र जनजाती समुदायका २ वटा जाती मगही भाषा बोल्ने गरेको उनले दाबी गरे ।’ तराई मधेशमा कुशवाहा, केवट , यादव , सुनार , लगायत तेली जातीहरुले मगही भाषा बोल्ने गरेको उनले भने ।

पुर्व मन्त्री लक्ष्मण मेहता , भाषा आयोगका अध्यक्ष बलदेब अबस्थी लगायत प्रदेश नम्बर १ र २ का भाषा सम्बन्धी जानकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमबाट आएका सुझाबहरुलाई संङ्कलन गरी भाषा आयोगमा बुझाउने तयारी गरेको आयोजक भाषा आयोगले जनाएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]