About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
भौतिक मन्त्री सोनलको महत्त्वाकाङ्क्षी घोषणा : प्रदेश सरकारले शुल्भ भाडा दरमा बस संचालन र आठै जिल्ला जोड्ने नयाँ राजमार्ग

खोज केन्द्र शुक्रबार, फाल्गुण ०२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर, २ फागुण । भौतिक पूर्वावाधार विकास मन्त्री जितेन्द्र सोनलको महत्त्वाकाङ्क्षी घोषणा भएको छ । प्रदेश सरकारले शुल्भ भाडा दरमा बस संचालन र आठै जिल्ला जोड्ने नयाँ राजमार्ग बनाउन लागिएको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले शुक्रबार पत्रकार सम्मेलन गरी १५ वर्षभित्र झण्डै चार हजार किलोमिटर सडक निर्माण गरी प्रदेशको कायापलट गर्ने दाबी गरेका छन्। उनले तीन चरणमा सडक निर्माण गर्ने लक्ष्य लिएको बताएका हुन्।

मन्त्री सोनलले तीन हजार ३९२ किलोमिटर सडक निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्। उनका अनुसार करिब आठ सय किलोमिटर सडक थपिनेछ।

प्रदेश लोकमार्ग, प्रदेश सहायक मार्ग र अन्य प्रादेशिक सडक गरी झण्डै चार हजार किलोमिटर सडक निर्माण गर्ने उनले बताए। प्रदेशका सबै जनताको पहुँचमा सुधार गर्नु नै सडक यातायातको प्रमुख उद्देश्य हुने भएकाले सडकको प्राथमिकीकरण सो सडकको प्रभाव क्षेत्रमा रहेको जनसंख्याको विवतरणलाई नै आधार बनाएको मन्त्री सोनलले बताए।

उनले सार्वजनिक गरेको लक्ष्यअनुसार पहिलो प्राथमिकतामा ७३७ किलोमिटर प्रादेशिक लोकमार्ग, ६१६ किलोमिटर प्रादेशिक सहायक लोक मार्ग र ३१३ किलोमिटर प्रादेशिक अन्य सडक निर्माण गरिनेछ।

यस्तै दोस्रो प्राथमिकतामा ७६० किलोमिटर प्रादेशिक लोकमार्ग, ३६८ किलोमिटर प्रादेशिक सहायक लोक मार्ग र १९५ किलोमिटर प्रादेशिक अन्य सडक निर्माण गरिनेछ।

तेस्रो प्राथमिकतामा २७७ किलोमिटर प्रादेशिक सहायक लोक मार्ग र १२६ किलोमिटर प्रादेशिक अन्य सडक निर्माण गरिनेछ।

हरेक सडकलाई एकैपटक स्तरोन्नती गर्न नसकिने हुँदा उच्चस्तरको लोकमार्गको माथिल्लो प्राथमिकतामा परेको करिब एक तिहाई सडक प्रथम पाँच वर्षमा स्तरोन्नतिका लागि छानिने मन्त्री सोनलले जानकारी दिए।

उनका अनुसार लक्ष्य लिएको करिब चार हजार किलोमिटर सडक स्तरोन्नतिका लागि अनुमानित कूल लगानीको आवश्यकता झण्डै ९७ अर्ब ४१ करोड हुन्छ।

प्रदेश सरकारसँग विभिन्‍न स्रोतबाट सडक तथा पुलको लागि प्राप्त बजेट यस आर्थिक वर्षमा एक अर्ब ४२ करोड मात्रै छ। बजेटमा वार्षिक २ प्रतिशत (मूल्य स्फितिबाहेक)ले वृद्धि भएमा १५ वर्षमा हुन सक्ने कोष जम्मा २४ अर्ब ५२ करोड हुनेछ। करिब ७२ अर्ब ८९ करोड रुपैयाँ नपुग हुने जनाइको छ।

मन्त्री सोनलले नपुग रकमका लागि आवश्यक पहल कदमी गर्ने जानकारी दिए। उनले भने, ‘वर्गीकरण र प्राथमिकीकरणको अवधारणाअनुरूप वैज्ञानिक एवं व्यवस्थथित ढंगले लगानी गरिनेछ।’ जहाँ पुग्दा पनि सडककै योजना माग गरिने भएकाले आवश्यकताको आधारमा १५ वर्षे योजना बनाएको उनको भनाइ छ।

प्रादेशिक बस चलाउने तयारी

प्रदेश-२ सरकारले लिएको लक्ष्यअनुसार प्रादेशिक बस चलाउने तयारी पनि थालेको छ। मन्त्री सोनलले पाँचवटा बसका लागि टेण्डर भइसकेको भन्दै चाँडै बस खरिद गरिने जानकारी दिए।

मन्त्री सोनलले यही आर्थिक वर्षदेखि प्रोदेशिक बस संचालनमा ल्याउनेसमेत बताए। उनले जनकपुरदेखि वीरगन्ज र जनकपुरदेखि नै राजवीराजसम्म बस चलाउने बताए।

अस्थायी राजधानी जनकपुरधाम आउन/जान जनतालाई विभिन्‍न कामका लागि आवत/जावत गर्न सहज होस् भन्‍ने उद्देश्यले बस संचालन गर्न लागेको उनको भनाइ छ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]